यसै वर्ष वाईवाईको आईपिओ ल्याउने विनोद चौधरीको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बिनोद चौधरीको कम्पनी वाई वाईले आईपिओ निष्काशन गर्ने भएको छ। यद्यपि उनको कम्पनीले नेपालमा नभई भारतमा आईपिओ निष्काशन गर्न लागेको हो 

चौधरीको भारतमा हस्पिटालिटी र फुड बिजनेश छ । फुड बिजनेश संचालन गरिरहेको सिजी फुड्स इन्डियाको आईपिओ आउने भएको हो । भारतीय अनलाईन फर्च्युन इण्डियासँगको अन्तर्वार्तामा चौधरीले आईपिओ निष्काशनको लागि तयारी गरेको बताएका हुन् । उनले भनेका छन् 'यो समय ठिक छ र पुँजीबजारको अवस्था राम्रो छ' 

उक्त कम्पनीले ब्यबसाय विस्तारको लागि १ सय करोड भारतीय रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीले छिट्टै नै प्याक गरिएको सस् बजारमा ल्याउने जनाएका छ । चौधरीका अनुसार फेब्रुअरी भित्रमा  सस् बजारमा आईसक्ने बताएका छन् । त्यस्तै उनले पास्ता र बिस्कुट उत्पादन पनि थाल्ने उल्लेख गरेका छन् । 

सन् २०२० मै आईपिओ निष्काशन गर्ने तयारी गरेका चौधरीले कोभिडको कारण केहि पर धकेलिएकोले सन् २०२१ मा आईपिओ निष्काशन गर्ने बताएका हुन् । प्रेस ट्रस्ट अफ इण्डियासँगको कुराकानीमा चौधरीले सन् २०२० मै आईपिओ निष्काशन गरिने जनाएका थिए।  

सिजी फुड इण्डियाको वार्षिक कारोबार १ हजार करोड रहेको छ । यस कम्पनीको प्रतिस्पर्धी नेस्ले हो । स्विस कम्पनी नेस्लेले भारतमा म्यागी नुडल्स बिक्रि गर्दै आएको छ । चौधरीका अनुसार सन् २०२० मा वाई वाई बिक्रिको बिक्रि ५० पतिशतले बढेको छ 

भारतमा  आईपिओ निष्काशनको तयारी गरेपनि नेपालमा  भने उनले त्यस्तो योजनाबारे केहि बताएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved