२ वटा बैंक र एउटा जनरल इन्स्योरेन्स निजीकरण गर्ने भारतीय अर्थमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 10:09:20 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले सरकारी स्वामित्वका दुई वटा सरकारी बैंकलाई निजीकरण गर्ने घोषणा गरेको छ । सोमबार आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुत  गर्दै भारतीय अर्थमन्त्री निर्मला सितारमणले २ सरकारी बैंकलाई निजीकरण गर्ने घोषणा गरेकी हुन् । सरकारले ति बैंकमा आफ्नो स्वमित्व बिक्रि गरि घटाउन लागेको हो । 

उनले त्यसको लागि विभिन्न ऐन तथा नियमहरु संशोधन गर्नु पर्ने भएकोले ति संशोधनहरु संसदको यसै सत्रमा पेश गरिने बताएकी छिन् । यद्यपि बजेट भाषणमा कुन कुन बैंकलाई निजीकरण गरिने भन्ने उल्लेख गरिएको छैन । बजेटमा १ जनरल इन्स्योरेन्सलाई पनि निजीकरण गरिने उल्लेख छ । 

भारतीय अंग्रेजी टाइम्स अफ इण्डियाले सरकारी बैंकलाई निजीकरण गर्दा सरकारको भार कम पर्ने उल्लेख गरेको छ। हरेक वर्ष सरकारले सरकारी स्वामित्वको बैंकमा पुँजी थप्दै गरेकोले भार कम हुने बताईएको छ । 

यस संगै विभिन्न भारतीय संचार माध्यमहरुले कुन कुन बैंक निजीकरण हुन सक्ने बारे अनुमान गर्न थालेका छन्  । यस अघि मर्ज भएका बैंकलाई निजीकरण नगरिने प्रष्ट रहेको बताईएको छ । यस अघि पन्जाब नेशनल बैंकले ओरियन्टल बैंक अफ कमर्शलाई, युनियन बैंक अफ इण्डियाले आन्ध्र बैंक र कर्पोरेट बैंकलाई गाभेको थियो । त्यस्तै अल्लाहवाद बैंक र इण्डियन बैंक तथा सिन्डिकेट बैंक र कनारा बैंक एक आपसमा मर्ज भएका थिए । यसरि सरकारले १० वटा बैंकलाई घटाएर ४ वटा बनाएको थियो । 

यस पटक ति बाहेकका बैंक निजीकरण गरिने भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । टाइम्स अफ इण्डियाले लामो समयदेखि बैंक अफ महाराष्ट्र, बैंक अफ इण्डिया र इण्डियन ओभरसिस बैंक निजीकरणको चर्चा चलेकोले ति बैंक निजीकरण हुन सक्ने उल्लेख गरेको छ । लाइभमिन्टले भने पन्जाब एण्ड सिन्ध बैंक र बैंक अफ महाराष्ट्रको निजीकरण हुन सक्ने उल्लेख गरेको छ   

तर बैंकका युनियनहरुले भने निजीकरणको विरोध गर्दै आएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved