स्टक स्प्लिट गरेर शेयरको अंकित मूल्य २ रुपैयाँ कायम गर्दै डिक्सन टेक्नोलोजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 05:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्पनी डिक्सन टेक्नोलोजीले आफ्नो शेयरको अंकित मूल्य प्रति शेयर २ रुपैयाँ कायम गर्न  भएको छ । कम्पनीको संचालक समितिले हाल भएको शेयरलाई टुक्र्याएर कम्पनीको शेयर अंकित मूल्य अर्थात् फेस भ्यालुलाई प्रति शेयर २ रुपैयाँ कायम गर्न लागेको हो  

कम्पनीको शेयरको फेस भ्यालु हाल प्रति शेयर १० रुपैयाँ छ । कम्पनीले १ कित्ता शेयरलाई ५ टुक्रा बनाएर अर्थात स्टक स्प्लिट गरेर फेस भ्यालु प्रति शेयर २ रुपैयाँ बनाउन लागेको हो । यस स्टक स्प्लिटमा १ कित्ता शेयर हुने शेयरधनीले ५ कित्ता शेयर पाउने छन्  

कम्पनीका अनुसार कम्पनीको यो निर्णयलाई शेयरधनीले अनुमोदन गर्न बाँकि छ । सबै प्रक्रिया सकिन २ देखि ३ महिनासम्म लाग्ने कम्पनीले जनाएको छ  

कम्पनीले सन् २०१७ मा बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १० रुपैयाँमा १७५६ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर १७६० देखि १७६६ सम्मको मूल्यमा आईपिओ निष्काशन गरेको थियो  

कम्पनी शेयरको पहिलो कारोबार २७२५ मा भएको थियो । पहिलो कारोबारमा कम्पनीको शेयर मूल्य प्रति कित्ता ३ हजार २० सम्म पुगेर २८ सय ९२ मा कारोबार बन्द भएको थियो । आजको कारोबारमा कम्पनीको शेयर मूल्य प्रति शेयर १५ हजार ८ सय ६६ रहेको छ  

भारतीय संचार माध्यमहरुका अनुसार कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा ३ सय प्रतिशतले बढेको छ  

यो पनि : टेस्लाले १ पटक र एप्पलले ५ पटक गरेको थियो स्टक स्प्लिट, शेयर मूल्यमा के पर्यो असर ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved