फिलिपिन्सको पर्यटन क्षेत्रमा कोरोना प्रभाव, ८ अर्ब डलर राजश्व गुम्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 10:08:47 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका थिए ।

पर्यटन उपसचिव रोबर्टो अलाबाडोले सन् २०१९ को तुलनामा फिलिपिन्समा झण्डै ८० प्रतिशत कम पर्यटक आएको संसदलाई जानकारी दिए। उनले सन् २०१९ मा झण्डै ८३ लाख पर्यटक फिलिपिन्स आएको बताए । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्समा पर्यटकको संख्यामा आएको व्यापक गिरावटका कारण झण्डै ५७ लाख व्यक्ति बेरोजगार भएको उनले बताए ।

फिलिपिन्सको तथ्याँक विभागका अनुसार सन् २०१९ मा फिलिपिन्सको अर्थतन्त्रमा पर्यटन उद्योगले करिब १२.७ प्रतिशत योगदान गरेको थियो । अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यसको पुनरुत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो रहेको पनि उनले बताए । 

कोरोनाभाइरस महामारीका कारण फिलिपिन्स सहित छिमेकी देशहरुमा कडा लकडाउन गरिएका थिए । लकडाउनका कारण मुख्यरुपमा पर्यटकीय गतिविधिलाई व्यापक असर पारेको र ठूलो संख्यामा मानिसहरु अन्यत्र पलायन हुन बाध्य भएका थिए ।

हाल फिलिपिन्सले बिस्तारै देशभित्रको यात्रालाई सहजीकरण गर्न थालेको छ र स्वास्थ्य एवं सुरक्षाका मापदण्ड अपनाएर यात्रा अनुमति प्रदान गर्न थालिएको छ । तैपनि कमै मानिसले मात्र स्वास्थ्य जोखिम लिन चाहेको पाइएको छ । लकडाउन र अन्य प्रतिबन्धहरुका बाबजूद फिलिपिन्समा कोभिड–१९ बाट करिब ५ लाख २९ हजार संक्रमित भएका र तीमध्ये १० हजार ८७४ जनाको मृत्यु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved