सेयर लगानीकर्ता सुबेदीद्वारा एनआरएन यूएसएको महासचिवमा उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 10:59:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेयर बजारमा लगानीकर्ता तथा लगानीकर्ताको नेताको पहिचान बनाएका नवराज सुवेदीले गैरआवासीय नेपाली संघ ९एनआरएनए यूएसए० को महासचिव पदका उम्मेदवारी दिने घोषणा गरेका छन्। 

नेपाल पुँजीबजार संघका पूर्वअध्यक्ष समेत रहेका सुवेदीले आगामी मार्चतिर हुने निर्वाचनमा एनआरएनए यूएसएको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

आफ्नो उम्मेदवारी घोषणा गर्दै सुवेदीले विश्वभरिकै नेपाली समाजलाई समेट्ने गरी सशक्त ढंगबाट अभियान नेतृत्वको छनोट गर्न स्वेदश तथा विदेशमा रहेका नेपालीलाई आह्वान गरेका छन्। गैरराजनीतिक स्वच्छ, स्वस्थ्य, पारदर्शी, सक्षम एवं इमान्दार क्षमतावान नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको ३१ वर्षीय सुवेदीको भनाइ छ। 

स्वदेश तथा विदेशमा रहेका नेपाली समाजको हितलाई केन्द्रविन्दुमा राखेर अभियान अगाडि बढाइने सुवेदीले बताए। हाल अमेरिकाको नर्थ कारोलिनामा बसोबास गर्दै आएका सुवेदी करिब ३ वर्षअघि अमेरिका पुगेका थिए। 

नेपाल रहँदा शिक्षक पेशामा समेत आबद्ध रहेका सुवेदी नेपालमा मात्र नभई अमेरिकामा समेत सामाजिक कार्यकर्ताका रुपमा सक्रिय छन्। 

No description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved