भारतमा मुल्य आकाशिदा नेपालमा असर, यो देशमा पाइन्छ २ रुपैयाँमै १ लिटर तेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2021 | 11:46:31 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिले आकाश छुँदा नेपालमा समेत त्यसको प्रत्यक्ष असर परेको छ। नेपाल सरकारले एक सातामा दुई पटक मुल्य बढाएको छ जसकारण हवाई भाडा बढेको छ भने अन्य क्षेत्रमा समेत मुल्य बढ्ने देखिएको छ।  

भारतमा पछिल्ला १० दिनमा पेट्रोल डिजेलको मुल्य निरन्तर बढिरहेको छ। भारतको दिल्लीमा पेट्रोल प्रति लिटर १४४ रुपैयाँ पुगेको छ भने त्यहाँको अर्को शहर श्रीनगरमा करिब १६० रुपैयाँको हाराहारी पुगेको छ। 

भारतमा मुल्य बढेको र तेल तस्करी बढेको भन्दै नेपालले समेत लगातार मुल्य बढाईरहेको छ। जसकारण नेपाल सरकारले समेत एक सातामा दुई पटक मुल्य बढाएर पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर मूल्य ६७ रुपैयाँ पुर्याएको छ। यस्तै बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४ सय तोकेको छ ।

यो पनि: पेट्रोलको मुल्य अत्यधिक महँगो हुँदा पनि बेफिक्री किन छ ओली सरकार ?

एसियाली मुलुकहरुमा भारतको तुलनामा मुल्य सस्तो भएपनि केहि देशहरुले नेपाल भन्दा सस्तो मुल्यमा तेल उपलब्ध गराईरहेका छन्। नेपालको तुलनामा भुटान, पाकिस्तान, श्रीलंकाले सस्तोमा तेल उपलब्ध गराईरहेका छन्। स्वचालित मुल्य प्रणाली अनुसार नेपालमा तेलको मुल्य कायम गर्ने भनीएपनि खुला सिमाका कारण तेल तस्कर बढेकाले नेपालले तेलको मुल्य महँगो बनाउन बाध्य भएको नेपाल आयल निगमको भनाई छ।  

पाकिस्तान                     ८१. ८३ रुपैयाँ 
श्रीलंका                         ९६.४१ रुपैयाँ 

बंगादेश                        १२२.५६ रुपैयाँ 

नेपाल                           ११४ रुपैयाँ

भूटान                           ७९.२६ रुपैयाँ 


यी देशमा पनि सस्तो छ तेलको मुल्य 

नेपालमा दिन प्रतिदिन तेलको मुल्य बढिरहँदा सर्वसाधारणमाथि आर्थिक भार बढिरहेको छ। पेट्रोलियमको मुल्य वृद्धिसँगै हवाईभाडा समेत बढाईसकिएको छ। नेपालले तेल आयात गर्ने भारत तथा नेपालमा तेलको मुल्य वृद्धिले नयाँ उचाई बनाईरहंदा केहि देशहरुमा भने अत्यन्त सस्तो मुल्यमा तेलको कारोबार भईरहेको छ। 

विश्वमा सबैभन्दा सस्तो पेट्रोल भेनेजुएलामा बिक्रि भईरहेको छ। त्यहाँ पेट्रोल प्रति लिटर मात्र २.३२ रुपैयाँमा कारोबार भईरहेको छ भने इरानमा ७ रुपैयाँ २० पैसामा कारोबार भईरहेको छ।   

यस बर्ष नेपालमा कति महँगो भयो पेट्रोलियम पदार्थ 

कार्तिक २०७१ मा नेपालमा पेट्रोल प्रतिलिटर १३० र डिजेल १०३ रुपैयाँ पुगेको थियो । तर, पुनः मूल्य घटेर २०७३ सालमा पेट्रोल प्रतिलिटर ९७ रुपैयाँ र डिजेल प्रतिलिटर ७३ रुपैयाँसम्म झरेको थियो । 

अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएकै दिन निगमले डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको थियो । 

नेपालमा २०७० सालको फागुनमा पेट्रोलियम पदार्थको मूल्य हालसम्म्बै उच्च थियो । त्यतिबेला पेट्रोलको मूल्य १४० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०९ रुपैयाँ, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य १४३ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ४ सय अमेरिकी डलर थियो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४७० रुपैयाँ थियो ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि निगम सञ्चालक समितिले गत वर्षको चैत १९ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले घटाएको थियो ।

त्यतिबेला काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको थियो भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको थियो । सो समयमा निगमले आन्तरिक उडान तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । 

गत वर्षको चैतको तुलनामा हेर्दा करिब ११ महिनाको बीचमा पेट्रोलको भाउ प्रतिलिटर १८ रुपैयाँले बढिसकेको छ । गत वर्षको तुलनामा डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ महँगिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved