२३१ यात्रु बोकेर उड्दै गरेको विमानमा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 10:17:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमान ७७७ को इञ्जिन बिग्रिँदा आगलागी भएको हो । 

आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरेपनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु थिए । उनीहरु सबै सुरक्षित रहेको बतार्यएको छ । 

इञ्जिनमा समस्या आएपछि चालकले नआत्तिन यात्रुलाई आग्रह गरेका थिए । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर विमान सुरक्षित अवतरण गराएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved