अझैं बढ्न सक्छ पेट्रोल डिजेल र मट्टीतेलको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 08:29:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले गत सोमबार मात्रै पनि मुल्य वृद्धि गरेको छ। निगमको पछिल्लो मुल्यवृद्धिअनुसार नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर क्रमश ११६ र ९९ रुपैयाँ कायम गरेको छ। 

पछिल्ला दिनहरुमा निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने आंकलन गरिएको छ। साउदी अरबको तेल प्रतिष्ठानहरुमा आक्रमण भए पश्चात आज कच्चा तेलको मुल्य ७० डलर प्रति ब्यारेल पुगेको छ। यमनको हुति विद्रोहीहरुले  साउदी अरबको तेल उद्योग केन्द्रमा ड्रोन तथा क्षेप्यास्त्र मार्फत आक्रमण गरेका छन्। यस प्रकारको आक्रमणले निरन्तरता पाएको अवस्थामा विश्वबजारमा तेलको मुल्य अझैं बढ्ने विश्लेषकहरुको विश्लेषण रहेको छ। 

विश्वबजारमा तेलको मुल्यमा वृद्धि भएसँगै त्यसको असर भारतको बजारमा पनि देखिएको छ। भारतीय आयाल निगम (आईओसी)  ले विश्वबजारमा कच्चा तेलको मुल्य बढेसँगै भारतमा पनि मुल्य वृद्धि गरेको छ। त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ। 

करिब ६ बर्ष अगाडी २०७१ साल असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार कायम हुने गरी नेपालमा पनि स्वचालित मूल्य प्रणाली कायम गरिएको छ। जसअनुसार अन्तराष्ट्रिय बजारमा तेलको मुल्यमा हुने घटबढ अनुसार नेपाली बजारमा पनि तेलको मुल्य परिवर्तन हुन्छ। तर पछिल्लो समय भारतमा भएको मुल्य वृद्धिअनुसार नेपाली बजारमा तेलको मुल्य नबढ्दा खुला सिमानाको फाइदा उठाउदै भारततर्फ तेल तस्करी बढेकाले मुल्य बढाउँन बाध्य भएको नेपाल आयल निगमले जनाएको छ। 

भारतबाट किनेको तेल भारत तर्फनै तस्करी बढेपछि मुल्य बढाउनुको विकल्प नभएको र नेपाली बजारमा तेलको मुल्य अझैं बढ्ने नेपाल आयल निगमका महानिर्देशक सुरेन्द्र कुमार पौडेलले बताएका छन्। 

ओपेक र उसका सहयोगी राष्ट्रहरुले उत्पादनमा कटौती गर्ने निर्णय गरे पश्चात कच्चा तेलको मुल्य लगातार चौथो पटक बढेको हो। तेलको मुल्यमा आएको वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा महँगी बढ्ने खतरा बढिरहँदा साउदी अरबका तेलमन्त्रीले भने तेलको मागमा आएको गिरावट छिट्टै समाधान हुने र तेलको मुल्य घट्ने बताएका छन्। विश्वबजारमा चीनले सबैभन्दा बढी तेल आयात गर्दछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved