म्यान्मारमा बीबीसीका पत्रकार आङ् थुरा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 06:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ । राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार सङ्कलन गरिरहेका बेला उनलाई सादा पोशाकमा आएका पुरुषहरूले लिएर गएका हुन्। उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई उनको खोजखबरमा सहयोग गर्न आग्रह गरेको छ। 

आङ् थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ । नम्बर नखुलेको भ्यानमा सवार मानिसहरूले स्थानीय समयअनुसार दिउँसो उनीहरूलाई खोज्दै आएका थिए। त्यसपछि आङ् थुरासँग बीबीसीले सम्पर्क गर्न सकेको छैन।

‘बीबीसीले म्यान्मारस्थित आफ्ना सबै कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिएको छ र आङ् थुरालाई खोज्न हरसम्भव प्रयास गरिरहेको छ’ बीबीसीले एक वक्तव्यमा भनेको छ।

म्यान्मारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन् । १६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको छ । 

यसबीच शुक्रवार सुरक्षा फौजको गोली लागि आङ्गबान शहरमा आठजनाको ज्यान गएको छ।

बीबीसी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved