विश्वको 'सबैभन्दा महँगो ट्राफिक जाम': सामानको मात्र होइन तेलको पनि मुल्य बढ्न सक्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2021 | 08:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

इजिप्टको स्वामित्वमा भएको १९३ किलोमिटर लामो जलमार्गमा भएको ट्राफिक जामु का कारण प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने देखिएको छ। यसलाई विश्लेषकहरूले विश्वको सबैभन्दा महँगो ट्राफिक जामूको सङ्ज्ञा दिएका छन्।

सुइज नाहजमा अवरोध जति लम्बिन्छ नेपाल लगायत विश्वभरका उपभोक्ताले प्रयोग गर्ने सामानको मूल्य तथा पेट्रोलियम पदार्थको मुल्य उति नै अनुपातमा बढ्न सक्ने अनुमान गरिएको छ।

इजिप्टको सूइज नहरमा एभर गिभन नाम दिईएको विशाल मालवाहक पानीजहाज तेर्सो परेर अड्किएपछि उक्त व्यापारिक जलमार्ग केहि दिनयतादेखि अवरुद्ध छ। अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो पानी जहाजलाई सिँधा पार्न गरिएका कयौं प्रयास अहिलेसम्म पनि सफल भएका छैनन्। जस कारण त्यस त्यसमार्गमा मात्रै झन्डै ३०० पानिहजाज अड्किएका छन् भने केहि पानि जहाज लामो जलमार्ग भएको अफ्रिकाको रुट तर्फ फर्किएका छन्। 

यो पनि:  विशाल पानीजहाज अड्किदा एशिया र युरोप जोड्ने जलमार्ग ठप्प, नेपालमा के पर्छ असर ?

अमेरिका लगायत विश्वका बिभिन्न देशहरुको आग्रह स्वीकार गर्दै इजिप्टले केही पानी जहाजका लागि आफ्नो पुरानो जलमार्ग खोलेको छ। तर खोलिएको जलमार्गबाट सामान आइपुग्न कयौं दिन लाग्ने भएकाले विश्वभर आपूर्तिमा असहज परिस्थिति सिर्जना हुने अनुमान गरिएको छ। 

एभर गिभन पानीजहाज संचालन गरिरहेको जापानिज कम्पनीका मालिक सोई किसनले जापानमा पत्रकार सम्मेलन आयोजना गरेर जहाजको अवस्थाबारे जानकारी दिएका छन्। उनकाअनुसार अड्किएको जहाजको राम्रो अवस्थामा रहेको छ भने यसमा कुनै क्षति भएको छैन। 

शनिबार रातिसम्म अड्किएको पानि जहाजलाई नियमित बाटोतर्फ लैजान सफल हुने विश्वास व्यक्ति गरेपनि यति नै दिन लाग्छ भन्ने कुनै यकिन नभएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुँदै आएकाले जति दिन अवरोध लम्बिन्छ त्यति नै बिश्वभर यसको असर देखिदै जाने विश्लेषण गरिएको छ। 

समुन्द्रपार व्यापार संघका उपाध्यक्ष रामहरि कार्कीका अनुसार अफ्रिकी मूलुकमा यसको मूल प्रभाव रहने र एशियाका देशहरुमा आंशिक प्रभाव पर्ने बताउँछन् ।सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए।

सुईज नहरमा अवरुद्ध एभर गिभन मालवाहक पानिजहाजले बोकेको सामानहरुको सुची

नेपालको अन्तराष्ट्रिय व्यापार अफ्रिकी देशहरुमा तुलनात्मक रुपमा कमजोर छ । यसले गर्दा खासै ठूलो प्रभाव नपरेपनि उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा भने समस्या हुन सक्ने समुन्द्रपारा व्यापार संघका उपाध्यक्ष कार्कीको भनाई छ । 

‘हामीले चीनबाट ल्याउने बस्तुहरु पहिला ४५ दिनमा आउँथ्यो, अहिले ३ देखि ४ महिना लाग्दै आएको छ’ कार्कीले भने, ‘अहिले नै व्यापारीहरुले सूइज नहरमा पानीजहाज अड्किदा समस्या भयो भनेर भनिसकेका छैनन्, यसको असर केही दिनमा पक्कै देखिन्छ ।’

उक्त नहरबाट नेपालमा सोझै बस्तु आयात वा नेपालबाट उक्त नहर हुँदै बस्तु निर्यात नहुने भएपनि नेपालमा आउने कतिपय कच्चा पदार्थ चीनले सो बाटो हुँदै ल्याउने भएकाले समयमै आईपुग्ने भने शंका थपिएको उनको भनाई छ । 

‘अहिले नेपालले सिंगापूर, श्रृलंका हुँदै बस्तुहरु ल्याउँदै आएको छ, कच्चा पदार्थहरु आउने त समुन्द्रको बाटो भएरै हो’ कार्कीले भने, ‘ठूलो असर नपरेपनि समयमै कच्चा पदार्थ आईपुग्दैन कि भने शंका चाहिँ छ ।’ 

पेट्रोलियम पदार्थको मुल्य बढ्न सक्ने 

एशिया र युरोपबीच सबैभन्दा छोटो तथा ब्यस्त जलमार्ग पछिल्लो केहि दिनयता देखि अवरुद्ध हुँदा नेपाल लगायत बिश्वभर पेट्रोलियम पदार्थको मुल्य बढ्ने विश्लेषण गरिएको छ । यस मार्गबाट बढीजसो पेट्रोलियम पदार्थको ब्यापार हुने भएकाले जति अवरोध बढ्छ त्यति नै पेट्रोलको मुल्य बढ्ने सम्भावना बढ्ने जानकारहरुको भनाई छ । 

पछिल्लो तीन साता कच्चा पदार्थको मुल्य घटेकोमा यस घटनाले मुल्य बढाउँन सक्ने अनुमान गरिएको छ । सन् २०२० मा जलमार्गबाट प्रत्येक दिन ३९.२ मिलियन ब्यारेल कच्चा तेलको ब्यापार भएको र अहिले अवरुद्ध रहेको इजिप्टको सुइज नहरबाट मात्रै १.७९ मिलियन ब्यारेल कच्चा तेलको ब्यापार भएको ट्यांकर ट्रेकिङ फर्म (केपीएलईआर) को तथ्यांक छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved