नाइजेरियाको एक सैनिक विमान सम्पर्क बिहिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 05:07:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमानको सम्पर्क बिहिन भएको छ । नाइजेरियाली सेनाका अनुसार विमानको राडरसँग सम्पर्क विच्छेद भएको हो । स्थानीय समय अनुसार साँझ ५ः८ बजे राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरेका छन् ।

विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्क बिहिन हुन पुगेको हो । विमानमा कति यात्रु रहेका थिए भन्नेबारे जानकारी आईसकेको छैन । 

विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोवस्तीका सामान बोकेको थियो । विमानको खोजी कार्य भईरहेको नाइजेरियाली सेनाले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved