३ वर्षदेखि लाभांश दिन नसकेको भन्दै नियामकले भङ्ग गरिदियो फाइनान्स कम्पनीको संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 09:27:50 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको शेयरबजारको नियामक निकाय बंगलादेश सेक्युरिटि एण्ड एक्सचेन्ज कमिशन (बिएसईसी) ले ३ वर्षदेखि लाभांश वितरण गर्न नसकेको एक फाइनान्स कम्पनीको संचालक समिति भङ्ग गरिदिएको छ । बिएसईसीले फार इस्ट फाइनान्सको संचालक समिति भङ्ग गरिरिएको हो  ।

बंगलादेशको अंग्रेजी अनलाइन द डेली स्टारका अनुसार कम्पनीले ३ वर्ष देखि नाफा कमाउन नसकेको, लाभांश नबाडेको र कम्पनीले वित्तीय अवस्था सुधार गर्नको लागि आवश्यक कदम नचालेकोले बिएसईसीले संचालक समिति भङ्ग गरिदिएको उल्लेख गरेको छ । नियामकले गैर बैंकिंग वित्तीय संस्थाको संचालक समिति भङ्ग गरिदिएको यो पहिलो पटक भएको डेली स्टारले जनाएको छ । यस अघि ३ वर्षको अवधिमा नियामकले उत्पादन समुहको ६ वटा कम्पनीको संचालक समिति पनि भङ्ग गरेको थियो ।

बिएसईसीले संचालक समिति भङ्ग गर्दै ६ जना स्वतन्त्र संचालक र शेयरधनीको तर्फबाट ३ जना संचालक नियुक्त गरेको छ । नयाँ संचालक समितिले हरेक महिना बिएसईसीलाई रिपोर्ट पठाउने छ ।

डेली स्टारका अनुसार  फार इस्ट फाइनान्समा नियामकले संचालक समिति भङ्ग गर्दै स्वतन्त्र संचालक नियुक्त गरेको हो ।  गत मार्च २९ मा संचालक समिति भङ्ग भएको र स्वतन्त्र संचालक नियुत गरिएको पत्र नियामकले कम्पनीलाई पठाएको हो ।

उक्त कम्पनी २०१८ देखि नै सबैभन्दा कमजोर मानिने जेड वर्गमा परको थियो । त्यस समयदेखि कम्पनीले कम्पनीको अवस्था सुधार गर्न कदम नचालेको नियामकले पठाएकोमा उल्लेख छ । २०१७ देखि लाभांश नबाडेको विषय पनि पत्रमा उल्लेख भएको डेली स्टारले जनाएको छ  । २०१६ मा ५ प्रतिशत लाभांश बाडेपछि कम्पनीले हालसम्म नबाडेको उल्लेख छ  । २०१९ को अन्त्यमा कम्पनीको १५२ करोड टाका घाटामा थियो । कम्पनीको चुक्ता पुँजी १६४ करोड टाका र अधिकृत पुँजी २०० करोड टाका रहेको छ । 

यस अघि पनि नियामकले कम्पनीको २ जना संचालकलाई आर्थिक जरिवाना गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved