यो बर्ष ४९३ जना खर्बपति थपिए, कतिले बढ्यो नेपालका एकमात्र खर्बपति बिनोद चौधरीको सम्पति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 05:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना जस्तो विश्वब्यापी महामारीमा पनि विश्वका धनि व्यक्तिहरुका लागि यो बर्ष सम्पती आर्जनमा ऐतिहासिक बर्ष बन्न पुगेको छ। विश्वभरका धनी व्यक्तिहरुले यो बर्ष झन्डै ५ हजार ९४१ खर्ब बराबरको सम्पति आर्जन गर्न सफल भएका छन्। 

बिगतको तुलनामा यो बर्ष बिल्कुलै फरक भएपनि अधिकांश देशहरुका सेयरबजार, क्रीप्टोकरेंसीले नयाँ उचाई बनाए। फोर्ब्सले सार्वजनिक गरेको खर्बपतीहरुको ३५ औं बार्षिक सुचिमा यो बर्ष २ हजार ७ सय ५५ जना अटाएका छन्। जसमा ६६० जना नयाँ खर्बपति जन्मिएका छन्। 

यो बर्ष खर्बपतीहरुको सम्पती ८ ट्रिलीयन अमेरिकी डलर बाट बढेर १३ दशमल १ ट्रिलीएन पुगेको छ। अर्थात् यो बर्ष खर्बपतिहरूको सम्पती नेपाली रुपैयाँमा ९ हजार ५०५ खर्ब बाट बढेर १५ हजार ४४७ खर्ब पुगेको छ। 

यो बर्ष सुचिमा ४९३ जना नयाँ अनुहार खर्बपतिको सुचिमा जोडिएका छन्। प्रत्येक १७ घण्टामा एक जना खर्बपती थपिएका छन्। जसमा २१० जना चीन र हंगकंगबाट, ९८ जना अमेरिकाबाट रहेका छन्। जसमा अमेरिकाका नबादा राज्यका मिरियम एडेल्सेन ४५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको सम्पति सहित नयाँ खर्बपति मध्ये पनि सबै भन्दा धनी बन्न सफल भएका छन्। 

जेफ प्रेस्तन बेजोस, अमेरिकाका प्रबिधि उद्यमी लगातार चौथो पटक विश्वका खर्बपतिहरुको सुचिमा पहिलो स्थानमा कायम हुन् सफल भएका छन्। जेफको सम्पती ६४ बिलियन डलरबाट बढेर १७७ बिलियन डलर पुगेको छ। जेफ बेजोसपछि खर्बपतिको दोस्रो सुचिमा स्पेस एक्स तथा टेस्ला का मालिक एलोन मस्क आइपुगेका छन्। टेस्लाको सेयर मुल्यका कारण मस्क गत बर्षको बिश्वका धनिहरुको ३१ औं स्थानबाट यो बर्ष दोश्रो स्थानमा आइपुगेका हुन्। 

खर्बपतीहरुको सुचिमा पर्नेहरुको सम्पती प्रत्येक बर्ष बढिरहेको देखिन्छ तर नेपालबाट खर्बपतिहरुको सुचिमा पर्न सफल एक मात्र व्यक्ति बिनोध चौधरीको सम्पती भने स्थिर अवस्थामा रहेको फोब्सको प्रतिबेदनमा उल्लेख छ। २०२० मा चौधरीको सम्पती १.४ बिलियन अर्थात १ खर्ब ४ अर्ब रुपैयाँ रहेकोमा यो बर्ष पनि सम्पतीको अवस्था उस्तै रहेको फोब्सको प्रतिबेदनमा उल्लेख छ। 

१.४ बिलियन सम्पती सहित बिनोध चौधरी २ हजार ७ यस ५५ जना खर्बपतीको सुचिमा २ हजार १४१ औं स्थानमा परेका छन्। उनि सन् २०१३ देखि खर्बपतिहरुको सुचिमा पर्दै आएका छन्। सन् २०१३ मा १ खर्ब सम्पती सहित खर्बपतिको सुचिमा अटाएका चौधरीको सम्पती सन् २०१९ मा १ खर्ब ७० अर्ब नाघेको थियो। त्यसपछिका पछिल्ला दुई बर्ष उनको सम्पती स्थिर जस्तै रहेको छ।

६५ बर्षिय खर्बपति चौधरी सिजी कोर्प ग्लोबलका अध्यक्ष हुन् हुने उनी नबिल बैंक लगायत कयौं व्यवसायका मालिक समेत हुन्। नबिल बैंक, सिजी होटल्सम वाईवाई  चाउचाउको उत्पादक सिजी फुड्स चौधरीका मुख्य सम्पती हुन्। छोराहरु निर्भाना, राहुल र बरुणले बुवा बिनोध चौधरीलाई व्यवसायमा साथ दिंदै आएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved