बेईजिङ बन्यो अर्बपतिहरुको सहर, न्यूयोर्कको रेकर्ड तोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 09:45:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको बेइजिङ संसारकै सबैभन्दा धेरै अर्बपतिहरु बस्ने सहर बनेको छ । फोब्र्स म्यागजीनमा नियमित प्रकाशन हुने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङमा सबैभन्दा धेरै अर्बपतिहरू रहेको तथ्यांक सार्वजनिक भएको हो ।

बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ । अघिल्लो संस्करणको तुलनामा चीनमा यस पटक २१० अर्बपति थपिए सँगै चीनमा जम्मा ६९८ जना अर्बपति भएका हुन् । अमेरिकामा ७२४ अर्बपति छन् । धेरै धनाढ्य बेइजिङमा भए पनि उनीहरुको सम्पत्तिको आकारमा भने न्यूयोर्कका धनाढ्य अगाडि छन्। न्यूयोर्कका अर्बपतिसँग बेइजिङका अर्बपतिको भन्दा ८० अर्ब डलर बढी सम्पत्ति रहेको बीबीसीमा उल्लेख छ ।

यसअघि भने अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरै अर्बपति थिए भने हाल ९९ जना अर्बपति मात्र न्यूयोर्कमा छन् । ७ वर्षदेखि नै अगाडि रहेको न्यूयोर्कलाई यस वर्ष बेइजिङले उछिनेको हो ।  कोरोनाभाइरस नियन्त्रणमा सफलता, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण बेइजिङ न्यूयोर्कलाई पछाडि पार्न सफल भएको उल्लेख गरिएको छ । यसरी संसारभर ४९३ जना नयाँ अर्बपति थपिएका छन् । अर्थात् औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएको बीबीसीले जनाएको छ ।

यो पनि : 

यो बर्ष ४९३ जना खर्बपति थपिए, कतिले बढ्यो नेपालका एकमात्र खर्बपति बिनोद चौधरीको सम्पति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved