चिनले गर्यो अलिबाबामाथि कारवाही, संस्थापक ज्याकमा पनि छानविनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 10:41:20 AM मा प्रकाशित

laxmi  sunrise bank

इ–कमर्सको क्षेत्रमा विश्व चर्चित कम्पनी अलिबाबामाथि चिनियाँ नियामक निकायले २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । चीन सरकारले एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा अलिबाबामाथि कारबाही गरेको हो ।

चीनको नियामक निकाय बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर) ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको निष्कर्ष सार्वजनिक गरेको छ । अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानमा भेटिएको छ ।

एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लंघन गरिदिएको नियामक निकायले जनाएको छ ।

अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो भएको ब्लुमबर्गले जनाएको छ । सन् २०१५ मा क्वालकममाथि झण्डै १ अर्ब डलरको जरिवाना गरिएको थियो । अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । त्यस वर्ष ४ खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको र कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन शुरु गरेको थियो । आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् । 

गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तीव्र बनाइएको थियो । अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको सेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अवरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित थिए । इ–कमर्स क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । (रासस÷एएफपी)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved