सिंगापुर कसरी बन्यो कोरोनाको महामारीमा सबै भन्दा सुरक्षित देश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 01:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत लगायत विश्वका कयौं देशहरु कोभिड १९ को  कारण लकडाउनको अवस्थामा रहेका छन्। तर एशियाली द्वीप को एउटा सानो राष्ट्र यो महामारीमा सबैभन्दा सुरक्षित देशको रुपमा देखिएको छ। 

ब्लुमबर्गको एक रिपोर्टअनुसार सिंगापुरले न्युजिल्यान्डलाई उछिन्दै सुरक्षित देशको सुचिमा पहिलो स्थान हासिल गरेको छ। न्युजिल्यान्ड लामोसमयदेखि यो सूचिको पहिलो स्थानमा रहेपनि पछिल्लो घटनाक्रमले सिंगापुर पहिलो स्थानमा उक्लिएको हो। 

कोभिड १९ को महामारीमा पनि भ्रमण गर्न मिल्ने, बाहिर हिडडुलमा स्वतन्त्रता, कोभिड १९ बाट कम संक्रमित, लगायतका कारणहरुले सिंगापुर पहिलो स्थानमा उक्लिएको ब्लुमबर्गले उल्लेख गरेको छ। 

कोभिडको खोप लगाउने कार्यक्रमले गर्दा सिंगापुरलाई यो सूचिको पहिलो स्थानमा उक्लिएको ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ। कोभिड १९ को खोपका कारण महामारीको यो अवस्थामा पनि सिंगापुरको जनजीवन सामान्य जस्तै बन्न पुगेको छ। 

सिंगापुरमा जनजीवन सामान्य भएपनि त्यहाँ कयौं प्रकारका सावधानीहरु भने अपनाईएका छन्। सिमानाकामा कडा सुरक्षा अपनाइएको छ भने बाहिरबाट आउने प्रत्येक सामानको चेकजांच हुने गरेको छ। यहि सावधानीका कारण गत बर्ष दुई महिना लकडाउन गरेयता सिंगापुरमा फेरी अर्को लकडाउन गर्नुपर्ने अवस्था सिर्जना भएको छैन। 

जनजीवन करिब करिब सामान्य अवस्थामा रहेको छ। मानिसहरु आफ्नो परिवार तथा साथीभाईहरुसँग जहिले पनि भेट्न सक्छन्, डिनर वा लन्चको लागि रेष्टुरेन्ट जान सकछन तर एक साथमा बढीमा ८ जना मात्र सामेत हुन सक्छन। यसमा पनि खाना खाने बेला वा एक्सरसाइजको बेला बाहेक अरु समय मस्क अनिवार्य गरिएको छ। 

मानिसहरु कार्यालय पनि गएका छन् तर भौतिक दुरि अनिवार्य गरिएको छ। मानिसहरु सिनेमा हेर्न तथा सपिङ गर्नलाई पनि जान पाउँछन् भने बिद्यालयहरु पनि खुला गरिएको छ तर मास्क र कन्ट्रयाक्ट ट्रेसिंग एप्स भने अनिवार्य गरिएको छ। 

६० लाख जनसंख्या भएको सिंगापुरमा १५ प्रतिशतलाई कोभिड १९ को खोप लगाइएको छ, त्यसैले पनि त्यहाँका मानिसहरु धेरै सुरक्षित देखिएका छन् भने जनजीवन पनि अरु देश भन्दा अत्यन्त सामान्य रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved