यस कारण भारतीय नागरिकले ३ महिनामै किने १४० टन सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 02:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पछिल्लो समय सुनको माग बढेको छ । जुन गत वर्षको तुलनामा जनवरी देखि मार्च २०२१ को अवधि सम्म सुनको माग ३७ प्रतिशतले बढेर १४० टन पुगेको हो ।

विश्व गोल्ड काउन्सिल (डब्ल्यूजीसी) का अनुसार यस अवधिमा कोभिड १९ को कारण सुनको मूल्य घट्न गई माग बढ्न गएको हो । डब्लुजीसीको  तथ्याङ्कअनुसार २०२० को पहिलो त्रैमासमा सुनको कुल माग १०२ टन थियो भने हाल यो बढेर १४० टन पुगेको हो । 

मूल्यको हिसाबले पहिलाको अवधिमा सुनको माग ५७ प्रतिशतले वृद्धि भई ५८,८०० करोड पुगेको छ । जुन एक बर्ष अघिल्लो त्रैमासमा, ३७,५८० करोड रुपैयाँ थियो । २०२१ जनवरी देखि मार्च सम्मको अवधिमा सुन ज्वेलरीको कुल माग ३९ प्रतिशतले वृद्धि भई १०२.५ टन पुगेको छ भने एक बर्ष पहिले यो ७३.९ टन थियो ।

अहिले सुनका गहनाको माग ५८ प्रतिशतले बढेर ४३,१०० करोड पुगेको छ, जुन गत वर्ष २७,२३० करोडमा थियो ।जुन सुनको मागमा ३४ प्रतिशतले वृद्धि भई ३७.५ करोड पुगेको छ । मूल्यको हिसाबले यो अघिल्लो वर्षको तुलनामा  ५३ प्रतिशतले बढेर १५,७८० करोड पुगेको छ, जुन गत वर्ष यो १०,३५० करोड रुपैयाँ थियो । 

जनवरी देखि मार्च २०२१ को अवधिमा सुनको विश्वको माग २३ प्रतिशतले घटेर ८१५.७ टन पुगेको छ । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सुन ईटीएफबाट निकासी र केन्द्रीय बैंकहरूले कम खरीद गर्दा मागलाई असर गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved