भारतीय नेताहरुमा अक्सिजनको कमि होइन, आफ्नो छवीको चिन्ता मात्र देखियो : ह्युमन राइट्स वाच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 11:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्युमन राइट्स वाच दक्षिण एशिया निर्देशक मिनाक्षी गांगुलीले कोरोनाको महामारी झेलिरहेको भारतका नेताहरुलाई अक्सिजन र अरु मेडिकल चिजहरुको साट्टो आफ्नो आलोचना र छविको चिन्ता भएको टिप्पणी गरेकी छन्। 

भारतमा जो मानिस या गैर सरकारी संस्था कोरोना बिरामीलाई सहयोग गर्ने कोशिस गरिरहेका छन् उनीहरुसँग सहयोग माग्नेहरुको संख्यामा कमी नआएको गांगुलीले लेखेकी छन्। 

उनकाअनुसार सरकारले मेडिकल आपूर्तिलाई बढाउने कोसिस गरिरहेको छ तर अहिलेसम्म पनि अस्पतालहरुमा सामग्रीहरु पुगेका छैनन्। यस असफलताबारे भएको आलोचनालाई लिएर सरकार रिसाएको र यसबारे दिएको कुनै पनि सल्लाह सुझाव नमानेको उनको आरोप छ। 

उनकाअनुसार भारतको सालिसिटर जनरल तुषार मेहताले अक्सिजनमा भएको कमिलाई लिएर भएको एक सुनुवाईको बेला अदालतमा भने, हामि सबै मिलेर कोसिस गरौँ तर संधै बच्चा जसरी रुने नबनौं। 

केन्द्रिय स्वास्थ्यमन्त्री हर्षवर्धन ले पुर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको सुझावलाई अस्विकार गर्दै उनको विपक्षी कांग्रेस पार्टीमाथि कोरोनाको बारेमा झूट फैलाएको आरोप लगाए। 

अक्सिजन र अन्य मेडिकल सामग्रीको कमिको आरोपलाई अस्विकार गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वास्थ्यकर्मीहरु सहित कोहि पनि आरोप लगाउनेहरु बिरुद्ध राष्ट्रिय सुरक्षा कानुन रासुका लगाएर उनीहरुको सम्पती जफत गर्ने धम्कि दिएको बिबिसीले लेखेको छ। 

भारतका विदेश मन्त्री एस जय शंकरले विदेशी दुतावासहरुमा आपतकालीन आपूर्तिलाई लिएर विपक्षी दलका नेताहरुसँग अनावश्यक बहस गरेका छन्।  

प्रत्येक दिन करिब चार लाख मानिसहरु कोरोना संक्रमित भईरहेका छन् र तीन हजार भन्दा बढी मानिसहरुको मृत्यु भईरहेको छ तर त्यहि देशका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो छबी खराब नहोस भन्नेमा बढी केन्द्रित भएको मिनाक्षी गांगुलीको आरोप छ। 

उनकाअनुसार मोदी सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएको छ। कयौं मानिसहरुले सरकारको अहिलेको प्राथमिकतालाई लिएर प्रश्न समेत उठाएका छन्।  

भारतका खोप निर्माताहरुले विश्वभर कोरोनाको खोप दिने प्रतिबद्धता त गरे तर अब उनीहरु अहिले आपूर्ति पुरा गर्नबाट असफल भईरहेका छन्। यसैबीच खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले धम्किको कारण भारत छोड्नु परेको प्रतिकृया दिएका छन्। उनले चुनावको तथा कुम्भ मेलामा लाखौँ मानिसहरुको भीडका कारण कोरोना तिब्र रुपमा फैलियो भनेको भए आफ्नो हत्या हुने बताएका छन्। 

मिनाक्षीले अन्तराष्ट्रिय मुलुकहरुले भारतमा मेडिकल सामाग्री तथा अन्य आवश्यक सामाग्रीको अभाव कम गर्नलाई तथा खोपको सुनिश्चितता गर्नलाई सहयोग गर्नुपर्ने समेत बताएकी छन्। 

यदि कुनै प्रहरी अधिकारिले सामाजिक संजालमा लगाइने आरोपलाई लिएर कुनै व्यक्तिलाई कारवाही गरियो भने यसलाई अदालतको अपहेलना मानिने र त्यहि अनुसार कारबाही हुने भन्दै भारतको सर्वोच्च अदालतले पनि पहिल्यै चेतावनी दिएको थियो। 

तर भारत सरकार यी आरोपलाई अस्विकार गर्दै आएको छ। यति मात्र नभई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यहाँ सम्म भनेका थिए कि उनको राज्यमा अक्सिजनको कुनै कमि छैन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved