रुसले बनाएको एक डोज लगाए पुग्ने खोपको प्रशंसा, ५० लाख डोज नेपाल ल्याउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2021 | 09:22:45 AM मा प्रकाशित

laxmi  sunrise bank

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका हुन् ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् । रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभाबकारी रहेको रूसको दावी छ । त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा स्पुत्निक खोपसम्बद्ध अधिकारीले भने, “स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४% प्रभावकारिता देखिएको छ । “एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,” उक्त विज्ञप्तिमा भनिएको छ ।

नेपाल ल्याउने तयारी 

यो रसियन खोप  ‘स्पुतनिक भी’ नेपाल ल्याउनलाई औषधि व्यवस्था बिभाग डीडीएले अनुमति दिएको छ। लोमस फर्मालाई ५० लाख डोज रसियन खोप आयातको लागि अनुमति दिईएको बिभागले जनाएको छ। 

बिभागकाअनुसार लोमसलाई १० प्रतिशत भन्दा मुनाफा लिन नपाउनेगरि लोमसलाई ५० लाख डोज खोप ल्याउने अनुमती दिइएको हो। रसियन खोप आयातका लागि लोमसले आवेदन दिएको विभागले अप्रिल २८ मा जानकारी दिएको थियो।

‘स्पुतनिक भी’ खोप रसियन सरकारको आफ्नै उत्पादन भएकाले अनुमती पाएको ५० लाख डोज खोप ल्याउने प्रकृया सरकारी स्तरबाटै  भएको बताईएको छ। 

रसियन खोप ल्याउने अनुमति पाएपनि आफुहरुले नेपालमा नै यो खोप उत्पादन गर्ने तर्फ अध्ययन अनुसन्धान तथा काम गरिरहेको लोमस फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रज्वलजंग पाण्डेले बिजपाटीलाई बताए। लोमस  फर्मास्युटिकल नेपालमै औषधि उत्पादन गर्ने औषधि उत्पादक कम्पनी भएकाले नेपालमै खोप उत्पादन गर्नेमा आफुहरुले जोड दिएको उनले बताए।

यससंगै कोरोना बिरुद्धको अनुमती पाउने कम्पनीको संख्या ३ पुगेको छ। यसअगाडी बिभागले विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्य सेयरहोल्डर रहेको कम्पनी "हुकुम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्राइभेट लिमिटेड" लाई अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा  भारतको पूणेस्थित सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन आयात गर्न अनुमती दिएको थियो। त्यस्तै इब्राल्ड फर्मालाई भारत बायोटेकको कोभ्याक्सिन ल्याउन अनुमती दिएको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved