बिल गेट्स भन्छन्, 'यी ३ सिप भएका व्यक्तिहरु भविष्यमा संधै सफल हुनेछन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 04:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिष्ठित टेक उद्यमी तथा माइक्रोसफ्ट का सह-संस्थापक बिल गेट्सलाई भविष्यको सम्भावित प्रविधिबारे ज्ञान राख्ने व्यक्तिको रुपमा समेत चिनिन्छ। उनि अधिकांश समय आविष्कार र उद्योगको कठिनाईको बारे तथा मानिसहरुको भविष्यको बारेमा पुस्तकहरु पढ्ने गर्दछन। र अग्रिम रुपमै मानिसहरुलाई सम्भावित परियोजना तथा त्यसको लागि आवश्यक बजेटबारे जानकारी दिने गर्दछ्न। 

उनले यसरी नै अध्ययन गर्ने क्रममा बिभिन्न जानकारी तथा तथ्यांक जम्मा गरेका छन् र यसरी एकीकृत गरिएका सूचनाको आधारमा बिल गेट्सले बिभिन्न तीन पृष्ठभूमिका अर्थात बिभिन्न तीन सिप भएका मानिसहरु भविष्यको रोजगारीको बजारमा संधै सफल हुने बताएका छन्। 

बिल गेट्सकाअनुसार विज्ञान, इन्जीनियर र अर्थशास्त्र सम्बन्धि सिप तथा ज्ञान भएकाहरु भविष्यको रोजगारी बजारमा सफल रहने प्रक्षेपण गरेका छन्। लिंक्देनका कार्यकारी सम्पादक डेनियल रोथसँगको कुराकानीमा उनले यी तिन क्षेत्रमा सिप तथा ज्ञान राख्नेहरुलाई भविष्यमा संघ संस्थाहरुको लागि अति आवश्यक तथा कुशल श्रमिकको रुपमा लिईने बताएका छन्। 

"म विज्ञान, गणित, अर्थशास्त्रको आधारभूत ज्ञानको बारेमा सोच्ने गर्छु र मलाई विश्वास छ, भविष्यमा धेरै रोजगारीमा यी सिप भएकाहरुको माग हुनेछ", बिल गेट्सले भनेका छन्, तपाइँलाई कोडिंङ वा पिरियोडिक तालिका लाई लिएर विशेषज्ञ हुन जरुरी छैन तर भविष्यमा यी तीन सीप हुँदा तपाइँको सोच्ने तरिका, सोच्ने क्षमतामा तपाइँलाई धेरै मद्दत मिल्नेछ।"

उनि अगाडी भन्छन्, "तपाइँलाई यो जरुरि छैन कि तपाइँ कोड लेख्नुहुन्छ, तर तपाईलाई यो बुझ्न जरुरी छ कि इन्जीनियरले के गर्न सक्छ र के गर्न सक्दैन, हुन् सक्छ यी सिप भएकाहरुले तपाइँको उद्योग वा व्यवसायमा क्रान्ति ल्याइरहेका हुनेछन्।"


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved