चीनले बंगलादेशलाई दियो ५ लाख डोज कोरोनाको खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 02:20:30 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले बंगलादेशलाई पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदान दिएको छ । चीनले दिएको खोप बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले बुधबार बिहान राजधानी ढाका पुर्याएको हो ।

चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंगलादेशको औषधि नियामक निकायले केही दिनअघि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा शुरु गरेकी थिईन् । बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बंगलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ ।

बंगलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज बंगलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved