इजरायलको बमबारीका बीच प्यालेस्टाइनीले पढे इदको नमाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2021 | 01:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

इजरायलको बमबारीबीच प्यालेस्टाइनका नागरिकहरुले इदको नमाज पढेका छन्। बमबारीकाबीच पनि इस्लामिक क्यालेन्डरको सबै भन्दा पवित्र अवसर इदको नमाज पढेका गाजा सिटीका प्यालेस्टाइनी निवासी बम आक्रमणको कारण बिहिबार रातभर पनि जागाराम बस्नु परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। 

रमजान महिनाको २७ औं दिन अर्थात लैलतुल कद्रको रात देखि सुरु भएको प्यालेस्टाइनको गाजा सिटि माथि इजरायलको हवाई आक्रमणले बिहिबार पनि निरन्तरता पाएको छ। 

घटनास्थलबाट रिपोर्टिंङ गर्दै अलजजिराका सफवाल अल काहलौटकाअनुसार केहि दिन यताको निरन्तरको बमबारीका कारण अधिकांश गाजा सिटि रातमा पनि जागेको छ । समय समयमा बम बिस्फोटको ठुलो आवाज गुन्जिने र त्यहाँका केहि अग्ला भवनहरु हल्लिने गरेका छन्। 

इजरायलको बम आक्रमणमा परी गाजा सिटिको आफ्नो आर्मी कमान्डर, विसम इस्सा, अन्य उच्च अधिकारिहरुको साथमा मृत्यु भएको हमासले पुष्टि गरेको छ। हमासको राष्ट्रिय सुरक्षा कार्यालय पनि बिहिवार इजरायलले गरेको बम आक्रमणमा परेको छ। 

इजरायलको लडाकु जेट विमानहरुले सुरक्षा र प्रहरी भवनको साथसाथै प्यालेस्टाइनी सशस्त्र समुहसँग सम्बन्धित क्षेत्रमा समेत बम आक्रमण गरेका छन्। गाजा सिटीको तेल अल हवा नजिकै, एक गर्भवती महिला, रीमा तेलबानी र उनका बच्चाहरुलाई उनको घरमै एक इजरायली आक्रमणमा हत्या गरिएको अलजजिराका स्थानीय रिपोर्टरले जनाएका छन्। इजरायली आक्रमण पश्चात गाजाका शेख जायद नजिकको एक बृद्धा दम्पती उनीहरुको घरमै पुरिएका छन्। 

गाजाका स्वास्थ्यमन्त्रलायले पछिल्लो इजरायलको आक्रमणमा परि अहिलेसम्म ६९ जना प्यालेस्टाइनीको ज्यान गएको छ, जसमा १७ जना बालबच्चा र ८ महिना रहेका छन्। ३९० जना भन्दा बढी आक्रमणमा परी घाइते भएका छन्। 

हमास, जसले गाजा सिटिमाथि शासन गर्छ, ले पनि इजरायलको आक्रमणमा परि आफ्नो तेस्रो टावर नष्ट भएपछि इजरायलमाथि रकेट प्रहार गरेको छ। हमासको रकेट आक्रमणमा परी इजरायलका एक बच्चा सहित ७ जनाको ज्यान गएको छ। इजरायलले हमासले अहिलेसम्म करिब १५०० रकेट प्रहार गरेको दाबि गरेको छ। 

इजरायलले प्यालेस्टाइन माथि निरन्तर बमबारी गर्न थालेपछि इजरायल भित्र नै अरबका इजरायली र यहुदी इजरायलीबीच साम्प्रदायिक दंगा सुरु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

अरेबिक क्यालेन्डरको रमदान महिनाको २७ औं दिनमा प्यालेस्टाइनीहरु मस्जिदुल अक्सामा लैलतुल कद्रको नमाज पढ्दै गर्दा इजरायलका आर्मीहरुले नमाज पढ्दै गरेका हजारौ माथि अश्रु ग्याँस र ग्रिनेट प्रहार गरेपछि पछिल्लो विवाद सुरु भएको हो। 

लैलतुल कद्र के हो ? यहाँ क्लिक गरेर थाहा पाउन सक्नुहुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved