कोरियन युवामा नयाँ ट्रेण्ड: प्रेमिकालाई फुल र चकलेटको साट्टो राम्रा कम्पनीको सेयर उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 11:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाका युवा पुस्तामा उपहारलाई लिएर नयाँ ट्रेण्डको सुरुवात भएको छ। विगतमा उपहारमा फुल, चकलेट र अन्य सामग्री दिने युवाहरुमा अहिले सेयरबजारमा सुचिकृत राम्रा कम्पनीहरुका सेयर उपहार दिने ट्रेण्ड सुरु भएको छ। 

कोरियन युवाहरुमा सुरु भएको यो नयाँ ट्रेण्डलाई र्याप स्टार केन वेष्ट र किम कार्दासियन बाट प्रभावित भएर सुरु भएको ट्रेण्डको रुपमा समेत व्याख्या गरेका छन्। सन् २०१७ मा र्याप स्टार केन वेष्टले आफ्नी श्रीमती किम कार्दासियनलाई अमेरिकाको सेयर बजारमा सुचिकृत बिभिन्न कम्पनीका सेयर क्रिसमसको उपहारको रुपमा दिएका थिए। सोहि कुराबाट प्रभावित भएर कोरियन युवाहरु माझ उपहारमा चकलेट र फुलको साट्टो कम्पनीको सेयर दिने ट्रेन्ड बढेको अनुमान छ। 

जसरी सन २०१७ मा र्याप स्टार केन वेष्टले श्रीमती किम कार्दासियनलाई क्रिसमसको उपहारमा अमेजन, एडिडास, नेटफ्लिक्स, एप्पल जस्ता कम्पनीको सेयर दिएका थिए। त्यसैगरि कोरियन युवाहरु माझ पनि टेस्ला, एप्पल, स्टारबक्स कफी लगायतका नाम र दाम दुवैमा बलिया कम्पनीका सेयर उपहार दिने ट्रेण्ड रहेको सियोल इकोनोमिक डेली लगायतका अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्र 

कोरियामा यो ट्रेण्डको सुरुवात गर्न त्यहाँको ब्रोकर अफिस तथा इन्भेष्टमेण्ड बैंकिङ कम्पनीको ठूलो हात रहेको छ। केहि समय अघि सिनहान इन्भेष्टमेण्ट कर्पोरेशनले  स्टक गिफ्ट कार्ड’ त्यहाँको लगभग सबै जनताले चलाउने काकाओटक नामक मोबाईल मेसेजिङ एपमा सुरु गर्यो। यो गिफ्ट कार्ड मार्फत सजिलै आफ्ना प्रेमीलाई कुनै पनि कम्पनीको सेयर तुरुन्तै किनेर उपहार दिन सकिन्छ। 

मोवाइलबाटै सजिलै सेयर किन्न सकिने भएकाले उपहारको रुपमा बिभिन्न कम्पनीका सेयर किनेर दिने चलन बढेको छ। धेरै युवाहरुले स्टारबक्स कफी किनिदिनुको सट्टा स्टारबक्स कम्पनीको सेयर किनेर उपहार दिने गरेका छन्। 

जसरी उपहारमा आर्थिक क्षमताले भ्याएसम्म महँगो सामान खरिद गर्ने चलन छ, त्यसैगरि कोरियन त्यहाँका युवाहरु माझ राम्रा कम्पनीका महंगा सेयर उपहार दिने चलन बढेको छ। जसले गर्दा पछिल्ला दिनहरुमा नेटफ्लिक्स, स्टारबक्स, एप्पल, एमजीएम, नाईक जस्ता कम्पनीका सेयरहरु उपहारमा दिने चलन बढेको छ। 

जसले गर्दा सिंहान इन्भेष्टमेन्ट बैंकले मात्रै डिसेम्बर २४, २०२० मा स्टक गिफ्ट कार्ड लन्च गरेयता २० लाख स्टक गिफ्ट कार्ड बिक्रि गरेको त्यहाँको संचार माध्यम चोसुन इल्बोले जनाएको छ। २० देखि ३० बर्ष उमेर समुहमा स्टक गिफ्ट कार्ड उपहारमा दिने ट्रेन्ड रहेको सिम्हांन इन्भेष्टमेन्ट बैंकले जनाएको छ। अहिले कोरियामा केबी सेक्युरिटिजले पनि विभिन्न विदेशी कम्पनिहरुका सेयर गिफ्ट कार्डमार्फत किन्न सकिने व्यवस्था गरेको छ। केबी सेक्युरिटिजले सन २०२१ को मार्चमा २० दिनभित्र नै करिब ३४ लाख गिफ्टकार्ड बिक्री गर्न सफल भएको थियो।

स्टक गिफ्ट कार्ड बापत प्राप्त कम्पनीको सेयर बिक्रि गर्न पाइने तथा उक्त सेयरको पैसाले अर्को कम्पनीको सेयर किन्न पाइने सुविधाका कारण पनि युवाहरु माझ यो ट्रेण्डले झनै लोकप्रियता पाएको विश्लेषण गरिएको छ। 

उपहारमा प्राप्त हुने चक्लेट, फुल लगायतका बस्तुहरु केहि समय पनि नटिक्ने तर कम्पनीका सेयरहरुको कारण सम्पती पनि बढ्ने भएकाले त्यहाँका युवाहरु यो ट्रेण्डलाई लिएर उत्साह थपेको इनसाइडर डटकमले लेखेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved