इजरायललाई ८६ अर्ब रुपैयाँ बराबरको हतियार बेच्दै अमेरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 12:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले इजरायललाई करिब ८६ अर्ब रुपैयाँ बराबरको हतियार बिक्रि गर्ने भएको छ। इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला हतियार बिक्रि गर्ने निर्णय सार्वजनिक भएको हो। 

बाइडेन प्रशासनले  ७३५ मिलियन अमेरिकी डलर अर्थात् करिब ८६ अर्ब नेपाली रुपैयाँ बराबरको हतियार इजरायललाई बेच्ने प्रस्तावलाई स्वीकृति दिएको वाशिंगटन पोष्टले लेखेको छ। 

रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई हतियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो । औपचारिक रुपमा सूचित गर्नुभन्दा पहिले अप्रिलमै अमेरिकी कंग्रेसलाई इजरायललाई हतियार बेच्ने योजनाबारे जानकारी गराइएको थियो ।

अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स९जेडीएमएमए० बिक्री गर्न लागेको पनि रोयटर्स र वासिङ्टन पोस्टले बताएका छन् । उक्त हतियार बोइङले बनाएको हो । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गर्न यस प्रकारका हतियार ठूलो परिमाणमा किनेको छ ।

अमेरिकाका सांसदहरुले बाइडेन प्रशासनसँग गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समयमा अमेरिकाले बिक्रि गरेका हतियार प्यालेस्टाइनीहरु माथि आक्रमण गर्नलाई प्रयोग नगरिनेबारेको सुनिश्चितताको माग गरेका छन्। 

गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दुई हप्ता भईसकेको छ र यस दुई हप्तामा इजरायलको आक्रमणमा परी प्यालेस्टाइनका ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved