आयोजनाको ऋण तिर्न जेएसडब्लु हाइड्रोले बोन्डबाट उठायो ५१ अर्ब रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 02:43:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल नेपालमा आयोजनाको ऋण तिर्न हाइड्रो कम्पनीहरुलिई हकप्रद निष्काशन गर्न दिनु हुन्छ कि हुदैन भन्ने बहस चलिरहेको छ । तर भारतको एउटा हाइड्रो कम्पनीले आयोजनाको ऋण तिर्नको लागि बोन्ड बिक्रि गरेर ७०७ मिलियन डलर अर्थात् ५ हजार १ सय ८७ करोड भारतीय रुपैयाँ संकलन गरेको छ । 

भारतको निजि क्षेत्रको सबै भन्दा ठूलो जलविद्युत उत्पादन जेएसडब्लु हाइड्रोले अन्तराष्ट्रिय बजारमा बोन्ड निष्कासन गरेर यो रकम जुटाएको हो । यस कम्पनीले कुल ४.६ गिगावाट विद्युत उत्पादन गरिरहेको छ । बोन्डबाट उठेको रकम यहि २ वटा आयोजनाको लागि लिईएको ऋण तिर्न प्रयोग गरिने लाइभमिन्टले उल्लेख गरेको छ । 

कम्पनीले १० वर्षे अवधिको लागि बोन्ड निष्काशन गरेको हो । बोन्डको ब्याज ४.१२५ प्रतिशत कायम भएको छ । बोन्ड निष्काशन गर्दा ३.७ गुणा बढीको आवेदन परेको जनाईएको छ । बोन्ड निष्काशन गर्न अगाडी कम्पनीले हंगकंग, सिंगापुर, न्युयोर्क, लण्डन , लस एन्जेलसमा रोड सो आयोजना गरेको थियो । तर बोन्डमा ६४ प्रतिशत सहभागिता एसियाबाट आएको बताईएको छ । 

यस कम्पनीले हावा, सोलार र हाइड्रोको माध्यमबाट थप २.६ गिगावाट विद्युत उत्पादनको लागि काम भईरहेको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved