अमेरिकाद्वारा टिकटकमाथिको प्रतिबन्ध फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 08:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् ।

यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन ।

अन्ततः बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश खारेज गर्दै चीन जस्ता विदेशी प्रतिद्धन्दीहरुको क्षेत्राधिकारमा पर्ने कम्पनीहरुले डिजाइन तथा विकास गरेका एपहरुको समीक्षा गर्ने निर्णय गरेको छ ।

साथै यी एपहरुले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्छन्ग ? र्दैनन् भन्ने विषय हेर्नका लागि प्रमाणमा आधारित अवधारणाको प्रयोग गरिने बाइडेनले जनाएका छन् ।

अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मै चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भाइरल भिडियो एप टिकटकलाई अमेरिकामा डाउनलोड गर्न नसकिने गरी प्रतिबन्धको आदेश दिएका थिए ।

टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरेको दाबी उनको थियो । साथै अमेरिकी कम्पनीहरुले खरीद नगरेसम्म टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइने ट्रम्पको घोषणा थियो ।

तत्पश्चात् ओर्‍याकल तथा वालमार्ट लगायतका अमेरिकी कम्पनीले अमेरिकास्थित टिकटकको व्यवसाय खरीद गर्ने प्रस्ताव समेत अगाडि बढ्यो । तर ट्रम्प आदेशका विरुद्धमा अदालतले दिएका आदेशहरु तथा ट्रम्पको बहिर्गमन पश्चात् टिकटमाथिको प्रतिबन्ध तथा टिकटक विक्रीको प्रस्ताव केही पनि अगाडि बढेको थिएन ।

आफ्नो नयाँ कार्यकारी आदेशमा राष्ट्रपति जो बाइडेनले चिनियाँ एप तथा सफ्टवेयरहरुद्वारा सिर्जित खतराहरुको सघन तथा प्रमाणमा आधारित विश्लेषण र मूल्यांकन संघीय सरकारले गर्ने उल्लेख गरेका छन् । साथै त्यस्ता एप तथा सफ्टवेयरले राष्ट्रिय सुरक्षा, विदेश नीति र आर्थिक उद्देश्यमा खतरा पैदा गर्ने भएमा त्यसलाई सम्बोधन गरिने राष्ट्रपति बाइडेनले जनाएका छन् ।

स्मरण रहोस् टिकटक अमेरिकी युवाहरुबीच निकै लोकप्रिय सोसल मिडिया एप हो । हाल अमेरिकामा मासिक सक्रिय टिकटक प्रयोगकर्ताको संख्या ८ करोड छ । 

बीबीसीबाट

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved