अमेरिकामा सूचीकृत राइड शेयिरङ कम्पनी ‘दिदि’ माथि चीनको प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 03:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको चर्चित राइड शेयिरङ कम्पनी ‘दिदि’ माथि प्रतिबन्ध लागेको छ । प्रयोगकर्ताका संवेदनशील तथ्यांक संकलन गरेको भन्दै साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) ले दिदि एपमाथि प्रतिबन्ध लगाएको हो । 

सीएसीका अनुसार मुलुकको ‘डेटा’ संरक्षणको नीति उल्लंघन गरेपछि यो एपमाथि प्रतिबन्ध लगाइएको हो । सीएसीले स्मार्टफोनका एप स्टोरहरूलाई चीनमा दिदि एप उपलब्ध नगराउन आदेश दिएको छ । 

चीनमा मात्रै ३७ करोड प्रयोगकर्ता भएको यो एप सन् २०१२ मा स्थापना भएको हो । अहिले चीनबाहेक अन्य देशमा पनि यो एप प्रयोग हुँदै आएको छ ।

दिदि एप गत जुलाई १ मा अमेरिकाको स्टक मार्केटमा प्रवेश गरेको थियो । त्यसलगत्तै चीनले प्रतिबन्ध लगाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved