अमेजनका मालिकलाई उछन्दै बर्नाड आर्नल्ट बने विश्वकै धनी व्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 05:09:30 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसन कम्पनी ‘लुइस भ्यूटन’का मालिक बर्नाड आर्नल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गर्दै आएको ‘रियल टाइम’ सूची अनुसार आर्नल्डले शुक्रबार अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै विश्वकै धनी बनेका हुन् ।

फ्रान्सका ७२ वर्षिय आर्नल्ट ७० वटा फेसन ब्रान्डका मालिका हुन् । उनको सम्पत्ति १९८.२ बिलियन डलर पुगेको छ ।

५७ वर्षे जेफ बेजोसको सम्पत्ति चाहिँ १९४.९ बिलियन डलर छ । इलोन मस्क १८५.५ बिलियन डलरसहित तेस्रो र बिल गेट्स १३२ बिलियन डलरसहित चौंथो स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved