आरबिआईको नयाँ नियम: एटिएममा पर्याप्त पैसा नराखे १० हजार जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 07:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा बैंकहरुले एटिएममा पर्याप्त रकम नराखेमा नगद जरिवाना हुने भएको छ । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले एक सर्कुलर जारी गर्दै एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । पर्याप्त रकम नराखेको पाईएमा नगद जरिवाना गरिने सर्कुलरमा उल्लेख छ ।

जस अनुसार एक महिनाको अवधिमा कुल १० घण्टा एटिएममा पैसा नरहेको पाईएमा प्रति एटिएम १० हजार नगद जरिवाना हुने बैंकले उल्लेख गरेको छ । यो नियम आगामी अक्टोबर १ देखि लागु हुने बताईएको छ । यदि एटिएममा पैसा नभएको कारणले नै ग्राहकले पैसा झिक्न नपाएको अवस्थामा यो नियम लागु हुने बताईएको छ ।

यस बारे बैंकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपय ठाउँका एटिएममा पैसा लोड गरेको केहि समयमा पैसा सकिने भएकोले यो नियम गलत हुने केहि बैंकहरुले बताएका छन् । यस्तो अवस्थामा एटिएम नै बन्द गर्न पर्ने अवस्था आउने उनीहरुको भनाई छ ।

भारतमा एटिएममा पैसा राख्ने कार्य आउट सोर्स गर्ने गरिएको बताईएको छ । पैसा नभएकै कारणले नगद जरिवाना भएमा बैंकले उक्त जरिवाना आउट सोर्स गरिएको कम्पनीसंग असुल गर्ने, आउट सोर्स गर्ने कम्पनीले लजीस्टिक एजेन्सीसंग असुल गर्ने कार्य बढ्ने भएकोले नगद जरिवाना प्रभावकारी नहुने केहि विश्लेषकहरुको भनाई छ ।

टाइम्स अफ इण्डियाका अनुसार भारतमा २ लाख १३ हजार ७ सय ६६ वटा एटिएम छन् । ति मध्ये स्टेट बैंकको सबै भन्दा धेरै ६३ हजार ९ सय वटा एटिएम छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved