तालिबानसामू अफगान राष्ट्रपतिद्वारा आत्मसमर्पण, सत्ता हस्तान्तरण गर्न तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 04:21:17 PM मा प्रकाशित

laxmi  sunrise bank

तालिबान बिद्रोहले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै राष्ट्रपति असरफ घानीले आत्मसमर्पण गरेका छन्। उनले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका छन् ।

अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालका अनुसार तालिबानले लडाकूहरुलाई काबुल प्रवेशमा रोके शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिने बताएका हुन् । 

संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने भन्दै एक रेकर्डेड सन्देशमा उनले जानकारी दिएका छन् ।

काबुलमा तालिबान पसेसँगै अमेरिकाका राष्ट्रपति जो वाइडेनले राजनीतिक सम्झौता गर्न घानीलाई आग्रह गरेका थिए। यससँगै घानी सत्ता हस्तान्तरणको लागि तयार भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved