तालीबानद्वारा 'आममाफी' दिने घोषणा, महिलाहरुलाई आफ्नो सरकारमा आउँन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 09:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

झन्डै दुई दशक पछि पुन सत्ता सम्हालेको तालिबानले पुरै अफगानिस्तानमा आम माफी घोषणा गरेको छ। पुन सत्ता सम्हाले पश्चातको पहिलो प्रेस कन्फरेन्समा बोल्दै तालिबानले आफ्नो सरकारमा सामेल हुनलाई महिलाहरुलाई आग्रह गरेको हो।  

पुन सत्ता सम्हालेपछिको तनावपूर्ण अवस्थालाई सम्हाल्ने प्रयास गर्दै तालिबान नेताहरुले आज एक प्रेस कन्फरेन्स कार्यक्रम मार्फत अफगानिस्तानमा आम माफी घोषणा गर्दै महिलाहरुलाई आफ्नो सरकारमा सामेल हुनलाई आग्रह गरेको हो। 

अफगानिस्तानमा तालिबानले सत्ता सम्हाले लगत्तै हिजो राजधानी काबुलमा अन्तराष्ट्रिय विमानस्थल तनावग्रस्त बनेको थियो। तालिबानले काबुल प्रवेश गरे लगत्तै बिभिन्न देशका नागरिकसंगै अफगानिस्तानी हरु पनि अफगानिस्तान छाडेर विदेश जान खोज्दा काबुलको विमानस्थल तनाबग्रस्त बनेको थियो। 

इस्लामिक कानुन अनुसार अफगानिस्तानमा महिलाहरुले आफ्नो सम्पूर्ण अधिकार प्राप्त गर्ने तालिबानी नेताहरुले प्रतिबद्दता जनाएका छन्। इस्लामिक कानुनले दिएसम्मको अधिकार महिलाहरुलाई उपलब्ध गराइने र इस्लामले दिएको अनुमतिकको दायरा भित्र रहेर गतिबिधि खुला गरिने तालिबानी नेताहरुले प्रतिबद्दता जनाए। 

आफुहरुले नियतबस कसैलाई पनि हिजोका दिनमा दुख नदिएको र अबको दिनमा पनि नदिने भन्दै अफगानिस्तानमा बस्नेहरुले शान्त भएर आफ्नै देशमा बस्दा हुने तालिबानी नेताहरुले पत्रकार सम्मेलनमा बताए। 

पछिल्ला २० बर्षमा अफगानिस्तानको अर्थव्यवस्था ध्वस्त भएको जिकिर गर्दै तालिबान नेताहरुले आफुहरुको पहिलो प्राथमिकता अफ्गानिस्तानको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने बताए. 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved