टि प्लस वान सेटलमेन्टको लागि तयारी गर्न सेबीको निर्देशन, किनेको भोलिपल्टै शेयर खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2021 | 02:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयरबजारको नियामकीय निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले टि प्लस १ को सेटलमेन्टको लागि तयारी गर्न निर्देशन दिएको छ ।   (सेबी)ले  क्लियारिङ सदस्य, स्टक एक्सचेन्ज र डिपीहरुलाई टि प्लस वान सेटलमेन्ट साइकलकोको लागि तयारी गर्न निर्देशन दिएको  । 

आगामी जनवरीदेखि स्टक एक्सचेन्जले टि प्लस वान कार्यन्वयन गर्न सक्ने सेबीले जनाएको छ ।  यद्यपि यो अनिवार्य भने गरिएको छैन । ऐच्छिक रुपमा टि प्लस वान लागु गर्न सकिने सेबीले जनाएको हो।

सेबीले सबै कम्पनीको शेयरमा नभई कुनै निश्चित कम्पनीको शेयरमा टि प्लस वान गर्न सकिने बाटो पनि खुला गरेको छ । तर कुन कुन कम्पनीको शेयरको सेटलमेन्ट टि प्लस १ कायम गर्ने भन्नेबारे एक महिना अगाडी नै सूचना जारी गर्नु पर्ने सेबीले प्रष्ट पारेको छ । त्यस्तै टि प्लस १ लागु गरिसकेपछि कम्तिमा पनि ६ महिनासम्म त्यसलाई कार्यन्वयन गर्नु पर्ने छ । अर्थात् ६ महिना नहुदै फेरी टि प्लस २ मा फर्कन पाइने छैन । तर ६ महिना भईसकेपछि भने १ महिना अगाडी सुचना जारी गरेर फेरी टि प्लस टुमा जान सकिने सेबीले जनाएको छ । अर्थात् टि प्लस वान मा काम गर्ने कि टि प्लस टु मा काम गर्ने स्टक एक्सचेन्ज आफैले निर्णय लिन सक्ने छन् । 

टि प्लस १ कार्यन्वयनमा आउँदा शेयर बिक्रि गर्नेले शेयर बिक्रि गरेको भोलिपल्ट पैसा पाउने छ भने शेयर खरिद गर्नेले शेयर खरिद गरेको भोलिपल्ट खातामा शेयर पाउने छ । सेबीलाई टि प्लस वान कार्यन्वयन गर्न ब्यापक दबाब छ । तर एफपीआई भनिने फोरेन पोर्टफोलियो इन्भेष्टर भने यसको विरोधमा छन् । भारतको र विदेशको समय फरक हुने हुँदा उनीहरुलाई टि प्लस वानमा सेटलमेन्ट गरि सक्न कठिन हुने भएको उनीहरु यसको विरोधमा भएको बताईएको छ । 

भारतमा हाल टि प्लस २ को सेटलमेन्ट साइकल कार्यन्वयनमा छ । सन् २००३ देखि भारतमा टि प्लस टु लागु भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved