सामाजिक संजालमा भ्रम फैलाइएको प्रति एमसीए नेपालको आपत्ति, बढायो कानुनी कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 07:48:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमसीए नेपालकाअनुसार यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसिए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो ।

उक्त सामग्रीमा एमसिए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र  नेपाल सरकार, एमसिए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको थियो ।

नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापर्न थालेको थियो । नक्कली कागजातप्रति एमसिए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन प्रस्तुत गरिसक्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट अद्यावधि सम्प्रेषण भइरहेको पाइएको छ।

उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको जानकारी एमसिए–नेपालले विज्ञप्तिमार्फत सर्वसाधारणलाई जानकारी गराउन चाहैको जनाएको छ। 

यसैगरी उक्त सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसिए–नेपालले कहिल्यै प्रयोग नगरेको र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक  खड्ग बहादुर विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हस्ताक्षर भएको हुनाले उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि एमसिए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको एमसीए नेपालले जनाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिप्रति एमसिए–नेपाल गम्भीर भरत्सना  गर्नुका साथै त्यस्ता सूचना प्रदूषणप्रति सजग रहनुहुन सामेल अपिल गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved