कसरी झुन्झुन्वालाले १० मिनेट मै कमाए ८५० करोड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 01:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सेयरबजारका बादशाहका रुपमा चिनिने राकेश झुनझुनवालाले दश मिनेटमै भारु ८५० करोड कमाएका छन्। उनले बम्बई स्टक एक्सचेन्जमा सुचिकृत ज्वलरीको कारोबार गर्ने कम्पनी 'टाईटान' मा गरेको लगानीले दश मिनेटमै ८५० करोड आम्दानी गरेको त्यहाँका संचार माध्यमले जनाएका छन्। 

प्रकाशित समाचारअनुसार उनले लगानी गरेको टाईटानको मुल्य हालसम्मकै उच्च बिन्दुमा पुगेपछि झुनझुनवालाले दश मिनेटमै भारु ८५० करोड कमाएका हुन्। 

टाईटान कम्पनीमा झुनझुनवालाको ३ करोड ३० लाख र उनको श्रीमती रेखा झुनझुनवालाको नाममा ९६ लाख ४७ हजार गरि कुल ४ करोड २६   लाख कित्ता रहेको छ। प्रति सेयर मुल्य २१४ भारुले बढ्दा उनीहरुको सम्पती ९१४ करोडले बढेको हो। 

टाईटानको सेयर मुल्य ९ प्रतिशतले बढेर ५२ हप्ताकै महँगो भएर २ हजार ३४८ पुगेको छ भने यसको पुँजीकरण २ लाख करोड पुगेको छ। यससंगै टाईटान कम्पनीले बलियो रिकभरी गर्न सफल भएको छ।  

टाईटान कम्पनीका स्टोरहरु कोभिड को समयमा पनि ९० प्रतिशत संचालनमा रहेको र यसको ब्यापार राम्रो भएको त्यहाँका संचार माध्यमले जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved