किन आखिर यति बिशेष छन् भारतीय सेयरबजारका 'बादशाह' राकेश झुनझुनवाला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2021 | 10:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँच अक्टुबरको दिन भारतीय सेयरबजारका 'बादशाह' मानिने राकेश झुनझुनवाला आफ्नो श्रीमती रेखा झुनझुनवालालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पुगे। उक्त भेटपश्चात प्रधानमन्त्री मोदीले ट्वीटमा लेखे, "आफ्नो तरिकाका एकमात्र मान्छे राकेश झुनझुनवालासँग मिलेर धेरै खुसि मिल्यो, उनि जीवन्त, व्यवहारिक र भारतको बारेमा धेरै आशाबादी छन्।"  

यस भेटको केहि दिन पश्चात ११ अक्टुबरमा एउटा समाचार बाहिर आयो, जहाँ भनिएको थियो, राकेश झुनझुनवालालाई समर्थन गर्ने 'आकासा एयर' नामको एयरलाइनलाई एउटा अल्ट्रा लो कास्ट विमान सेवा संचालन गर्नलाई प्रारम्भिक अनुमती नागरिक उड्डयन मन्त्रालयले दिएको छ। यो एयरलाइनको उडान आगामी बर्ष गर्मि सुरु हुनेबाट हुने अपेक्षा गरिएको छ। 

राकेश झुनझुनवाला यो एयरलाइनमा ३।५ करोड अमेरिकी डलर अर्थात करिब २६४ करोड भारु लगानी गर्ने प्रतिबद्दता जनाईसकेका छन्। साथ साथै उनले ७० विमान खरिद गर्ने तयारी अगाडी बढिसकेको बताएका छन्। 

आकसा एयरलाई मिलेको अनुमतीलाई झुनझुनवालाको प्रधानमन्त्री मोदीसँगको भेटलाई जोडेर टिप्पणी गर्न थालिएको छ। उक्त भेटको एक तस्विरमा झुनझुनवाला कुर्सिमा बसेका छन् भने प्रधानमन्त्री मोदी र रेखा झुनझुनवाला उठेर कुराकानी गरिरहेका छन्। यो तस्विरलाई लिएर विपक्षी दलहरु प्रधानमन्त्री मोदीमाथि कयौं तरिकाका मजाक उडाएका छन्। 

तर यो पुरै प्रकरणमा सबैको नजर राकेश झुनझुनवालाको वरिपरी घुमिरहेको छ र प्रश्न पनि उठेको छ, प्रधानमन्त्री मोदी समेत कुर्चीमा नबसी उठेर कुराकानी गरिरहेका छन्, राकेश झुनझुनवालामा यस्तो के छ जसले उनलाई यति महत्त्वपूर्ण बनाईरहेको छ।

कम उमेरमै करियरको शुरुवात

५ जुलाई १९६० मा जन्मिएका झुनझुनवाला मुम्बईमा जन्मिए र त्यहि हुर्किए। उनका बुवा आयकर अधिकारी थिए। सानै उमेरमा नै झुनझुनवालाले सेयरबजारमा लगानी सुरु गरे। 

बुवाले झुनझुनवालालाई दिनभरअक समाचारले सेयरबजारमा कस्ता र कसरी असर गर्छ त्यसमा ध्यान दिनलाई सुझाव दिए। सिडनह्याम कलेजमा अध्यन गर्दै गर्दा नै १९८५ मा सेयर बजारमा पैसा लगानी गर्न सुरु गरे। 

चार्टड एकाउन्टेन्सी पढ्दै गरेका झुनझुनवालाले सुरुवाती दिनमा सेयरबजारमा लगानी गर्नलाई घरमा पैसा मागे तर उनका बुवाले अरुबाट लिएको वा कुनै मित्र वा आफन्तबाट लिएर्को सापटीले कहिल्यै सेयरबजारमा लगानी नगर्नलाई चेतावनी दिए। 

झुनझुनवालाले मात्र भारु ५००० को सानो पुंजीबाट सेयरबजारमा प्रवेश गरेका थिए। फोर्ब्सका अनुसार अहिले उनको कुल सम्पति ६ अर्ब अमेरिकी डलर अर्थात करिब ४५ हजार ३२८ करोड भारु भएको छ। 

फोर्ब्सका अनुसार उनको सबै भन्दा मुल्यवान सुचिबद्द होल्डिंग घडी र आभूषण बनाउने कम्पनी टाईटान को हो। जो टाटा समुहको एउटा हिस्सा हो। त्यस्तै झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्राण्ड जस्तो कम्पनीको सेयरमा लगानी छ  

सन् १९८६ मा झुनझुनवालाले एक कम्पनीको ५००० सेयर खरिद गरे र उनले उक्त सेयर ४३ रुपैयाँमा प्रति सेयरको दरले किने। तर तीन महिनाको अन्तरमा एक सेयरको मुल्य १४३ भारु पुग्यो। यो नै झुनझुनवालाको सेयरबजारबाट गरेको पहिलो कमाई थियो। 

वारेन बफेट भनेको मन पराउदैनन् 

भारतीय सेयरबजारका लागि उनि वारेन बफेट हुन् भनेर उनको नाम चर्चा गरिन्छ। तर झुनझुनवालाले आफु जिउने शैली, स्टाइल, र आफ्नो सोच वारेन बफेट भन्दा फरक भएकाले आफ्नो छुट्टै पहिचान भएको भन्दै आफुलाई वारेन बफेट नभन्न उनले आग्रह गरेका छन्। 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved