कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि न्युयोर्कमा संकटकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 08:50:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको न्युयोर्क शहरमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकालको घोषणा गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको कारण संकटकाल लगाउनु परेको बताईएको छ । 

‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो’ उनले भनेकी छिन् । 

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएको उनको भनाइ छ । शुक्रबार बेलुका निर्देशन जारी गर्दै गभर्नर काथी होचुलले अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन सक्ने बताएकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved