पाकिस्तानलाई साउदी अरबको सहयोग : खातामा ३ अर्ब डलर राखिदिने, उधारोमा तेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 02:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको पाकिस्तानको सहयोगका लागि साउदी अरब अगाडी आएको छ। दुवैदेश भएको सम्झौताअनुसार पाकिस्तानको स्टेट बैंकमा साउदीले एक बर्षको लागि तीन अर्ब डलर राख्ने र त्यसका लागि पाकिस्तानले बार्षिक ४ प्रतिशतका दरले ब्याज तिर्ने अखबार जंग पत्रिकाले जनाएको छ। 

यसको साथसाथै साउदी अरबले पाकिस्तानलाई हरेक महिना १० करोड डलरको तेल उधारो दिनेछ भने पाकिस्तानले उक्त तेल लिए बापत ३।८ प्रतिशत ब्याज दिनेछ। 

दुवै देश भएको यस सम्झौतालाई पाकिस्तानको मन्त्रिपरिषदले स्वीकृति दिएको छ। 

पाकिस्तानको केन्द्रिय बैंकलाई उद्र्त गर्दै पाकिस्तानका मिडियाहरुले लेखेअनुसार १९ नोभेम्बर सकिएको एक हप्तासम्म पाकिस्तानमा मात्रै २२ अर्ब ७० करोड डलर बिदेशी मुद्रा संचिति थियो। त्यस्तै पाकिस्तानको स्टेट बैंकमा १६ अर्ब डलर बिदेसी मुद्रा संचिति थियो भने अन्य बैंकहरुमा करिब ६ अर्ब डलर बिदेशी मुद्रा संचित छ। 

बिदेशी ऋण भुक्तानी गर्दा पाकिस्तानको बिदेशी मुद्रा संचितिमा यस हप्ता केहि कम देखिएको थियो। 

वित्तीय मामिलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानका सल्लाहकारका प्रवक्ता मुजम्मिल असलमका अनुसार अबका दुई महिनामा पाकिस्तानलाई तीन विदेशी स्रोतबाट करिब ७ अर्ब डलर मिल्ने सम्भावना रहेको छ। सात अर्ब प्राप्त भएपश्चात पाकिस्तानलाई आयातित बस्तुको बिल भरपाईमा जुन दबाब छ त्यसलाई कम गर्नलाई धेरै सहयोग मिल्नेछ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved