यात्रामाथिको प्रतिबन्धले ओमीक्रोन फैलनबाट नरोकिने, ६० बर्ष काटेकालाई डब्ल्यूएचओको यस्तो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2021 | 09:49:53 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। 

बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। 

छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ।   

तर विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ को यस्तो सुझाव  को यस्तो सुझाव ले भने कोरोना भाइरसको ओमीक्रोन भेरिएन्टलाई लिएर यात्रासँग सम्बन्धित कुनै पनि निर्णय तथा कारवाहीको निर्णय लिनु उचित नभएको धारणा व्यक्त गरेको छ। यात्रामाथिको प्रतिबन्धले यस कोरोना भाइरसको ओमीक्रोनलाई फैलनबाट रोक्न नसक्ने डब्ल्यूएचओको भनाई रहेको छ।   

डब्ल्यूएचओ ले यात्रासँग जोडिएको एक बयान जारी गर्दै यात्रामाथिको प्रतिबन्धले ओमीक्रोन फैलनलाई रोक्न नसक्ने बरु यस प्रकारको प्रतिबन्धले मानिसहरुको जीवन र जिविका झनै प्रभावित हुने भनेको छ। 

डब्ल्यूएचओको यस बयानमा २८ नोभेम्बरसम्म ५६ देशहरुले ओमीक्रोन आफ्नो देशमा नभित्रियोस भनेर सम्भावित प्रयासहरु गरेको उल्लेख छ। यसको साथै डब्ल्यूएचओले ६० बर्षभन्दा माथिका उमेरका मानिसहरुलाई लिएर एक सुझाव समेत दिएको छ। 

डब्ल्यूएचओले भनेको छ, ६० भन्दा माथिका उमेरका ती मानिसहरु जो खोप लगाएका छैनन् या कोभिड संक्रमित भएको कुनै प्रमाण छैन तथा तिनीहरु जसमा स्वास्थ्यसँग जोडिएका केहि समस्या छन्, उनीहरुलाई यात्रा स्थगित गर्ने सल्लाह सुझाब दिनुपर्दछ, किनकि उनीहरुमाथि यो रोग र यसको असरको खतरा अधिक छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved