शेयरबजारको नियामक सेबीलाई नै क्रिप्टोकरेन्सीको नियमन गर्न दिने भारतको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2021 | 02:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक भारतले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने नभई नियमन गर्ने तयारी गरेको छ । भारत सरकारले त्यहाको संसदमा यस सम्बन्धि विधयेक दर्ता गराएको छ ।

विधयेकमा हाल शेयर बजारको नियमन गरिरहेको सेक्युरिटी एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबि)लाई नै क्रिप्टोको नियमनको जिम्मा दिने प्रस्ताव गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रस्ताव अनुसार सेबिले क्रिप्टोको खरीद बिक्रिको लागि छुट्टै एक्सचेन्ज संचालन गर्ने छ सोहि एक्सचेन्जमा मात्र क्रिप्टो खरीद बिक्रि गर्न सकिने छ ।

विधयेकमा ब्यबस्था भए अनुसार भारतीय नागरिकले विदेशको एक्सचेन्जमा क्रिप्टो खरीद बिक्रि गर्न पाउने छैनन् । त्यस्तै हाल भारतमा रहेका एक्सचेन्ज पनि सेबीमा दर्ता भई सेबी कै नियमनमा आउनु पर्ने छ । साथै कुनै पनि क्रिप्टो वालेटमा भण्डार गर्न पाइने छैन ।

यदि कोहिले सो एक्सचेन्ज भन्दा बाहिर गएर क्रिप्टो खरीद बिक्रि गरेमा ५ देखि २० करोडसम्मको जरिवाना हुने सक्ने उल्लेख छ । त्यस्तै हाल क्रिप्टो हुनेहरुले आफुसँग भएको क्रिप्टोको स्वघोषणा गर्नु पर्ने ब्यबस्था विधयेकमा गरेको छ । त्यस्तै क्रिप्टोकरेन्सीलाई क्रिप्टो एसेट्सको रुपमा नामाकरण गरिने विधयेकमा उल्लेख छ । भारत सरकारले निकट भविष्य मै आफ्नै डिजिटल करेन्सी ल्याउने तयारीगरेकोले त्यसको लागि आवश्यक पर्ने फ्रेमवर्क पनि विधयेकमा ब्यबस्था गरिएको छ ।

क्रिप्टोलाई नियमन गर्नको लागि भारतले त्यहाँको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि हालको कानुन पनि संशोधन गर्ने तयारी गरेको छ  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved