बेलायतमा अनिवार्य मास्क र घरबाटै कामको व्यवस्था हटाईयो, कोभिडलाई संक्रमणको रुपमा हेरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 11:30:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लगायत विश्वका अधिकांश देशहरुमा कोरोना भाइरस र यसको तेस्रो लहर 'ओमीक्रोन' को त्रास बढीरहेको छ। काठमाण्डौ उपत्यका लगायत देशका अधिकांस स्थानमा सार्वजनिक कार्यक्रम तथा बिभिन्न गतिबिधिमा रोक लगाईएको अवस्था छ। 

तर बेलायतले भने कयौं प्रतिबन्धलाई हटाउने घोषणा गरेको त्यहाँका संचार माध्यमले जनाएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जानसन ले बुधबार मास्कको अनिवार्यतालाई हटाउने घोषणा गरेका छन्। यसको साथसाथै बेलायतमा वर्क फर्म होम पनि बन्द गरिएको छ। 

बेलायतका प्रधानमन्त्रीले भनेका छन्, 'ओमिक्रोन आफ्नो उचाईमा पुगिसकेको छ र अब यसको फैलने क्रम घट्दैछ भन्ने हाम्रो बैज्ञानिकहरुको मान्यता रहेको छ, त्यसैले अब बाट सरकार सर्वसाधारणलाई घरबाट काम गर्नलाई निर्देशन दिदैंन।'

 बेलायतका प्रधानमन्त्री जानसनले बेलायत विश्वकै पहिलो यस्तो देश जसले सबै भन्दा पहिला खोपको सुरुवात गरेको बताए। बेलायत खोप लगाउने मुलुकहरुमा सबै भन्दा आगाडी रहेको बताउदै उनले ओमीक्रोनको लहरबाट छुटकारा पाउने पहिलो देशको रुपमा बेलायत बनेको दाबी समेत गरे। 

यस अगाडी बेलायतले प्लान बि अन्तर्गत मास्कको अनिवार्यता, कोभिड कार्ड, वर्क फर्म होम जस्तो कयौं निर्णय लिएको थियो। अब बेलायत सरकारले २४ मार्चबाट कोभिड संक्रमित भएपश्चात सेल्फ आईसोलेट हुनुपर्ने अनिवार्य व्यवस्थालाई समेत हटाउने घोषणा गरेको छ। 

बेलायतमा १८ जनवरीमा ९४ हजार ४३२ मा ओमिक्रोन देखिएको थियो। यसको साथसाथै २८ दिनमा ४३८ जनाको मृत्यु भएको थियो। अहिलेसम्म ५ करोड २१ लाख ३३ हजार ६ सय ११ ले कोभिडको पहिलो खोप लगाएका छन्। जबकी ४ करोड ७९ लाख ८९ हजार ६३५ जनाले दोस्रो खोप समेत लगाईसकेका छन् भने ३ करोड ६५ लाख ४६ हजार ५८३ जनाले बुस्टर डोज लगाईसकेका छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved