भारतको बजेट आज सार्वजनिक हुदै, ९.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2022 | 09:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भारतमा आगामी आर्थिक वर्ष २०२२-२३ को बजेट सार्वजनिक हुदै छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले आज त्यहाँको संसदमा बजेट पेश गर्ने छिन् ।

भारतले गत वर्षदेखि पेपरलेस बजेटको अवधारणा अपनाएको छ । जस अनुसार गत वर्ष बजेट र बजेटसँग सम्बन्धित कुनै पनि कागजात छापिएको थिएन । अर्थमन्त्रीले ट्याब्लेट मार्फत बजेट भाषाण गरेकी थिईन् । उनले गत वर्ष १६० मिनेट लगाएर बजेट भाषण गरेकी थिईन् , जुन भारतको संसदीय इतिहास कै सबैभन्दा लामो बजेट भाषाण बनेको थियो ।

भारतमा हिजोबाट संसदको बजेट अधिवेशन सुरु भएको हो । हिजो भारतीय राष्ट्रपति राम नाथ कोबिन्दले संसदलाई सम्बोधन गरेका थिए । हिजो नै अर्थमन्त्री निर्मला सितारमणले संसदमा आर्थिक सर्वेक्षण पेश गरेकी थिईन् । आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष २०२१-२२ मा भारतको आर्थिक वृद्धि ९.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०२२-२३ मा भारतको आर्थिक वृद्धि ८ देखि ८.५ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको छ ।

भारत नेपालको सबैभन्दा ठूलो ब्यापार साझेदार हो । नेपालले भारतबाट सामान आयात गर्ने भएकोले भारतले बजेट मार्फत निर्धारण गरेका करका दरले नेपालमा पनि मूल्यमा प्रभाव पर्छ । सोहि कारण पनि भारतको बजेटलाई नेपालमा चासोका साथ हेरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved