अन्तराष्ट्रिय प्रतिबन्धका बावजुद रुसद्वारा १४ अर्ब ब्याज भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 02:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमा देशहरुको प्रतिबन्धका बावजुद आफ्नो कर्जा भुक्तानी गर्न रुस सफल भएको छ। रुसले अन्तराष्ट्रिय बजारमा जारी गरेको दुईवटा 'बोन्ड' बापत बुधबार मात्रै ११७ मिलियन डलर अर्थात झन्डै १४ अर्ब रुपैयाँ बराबरको रकम ब्याज भुक्तानी गरेको हो। 

रुसको ६३० बिलियन डलर बराबरको विदेशी मुद्रा यो समय फ्रिज गरिएको अवस्थामा पनि रुसले डलरमा जारी गरिएको बोन्ड बापतको ब्याज भुक्तानी गर्न सफल भएको हो। रसियाले जेपी मोर्गन बैक मार्फत उक्त रकम भुक्तानी गरेको हो।  

डलरमा जारी भएको र विदेशी मुद्रा फ्रिज भएकाले क्रेडिट रेटीङ एजेन्सीहरुले पनि कर्जा भुक्तानी गर्नलाई रुस समस्यामा पर्न सक्ने चेतावनी दिएका थिए। अन्तराष्ट्रिय मुद्रा कोषले पनि कर्जा भुक्तानीमा असफल हुँदा रुसमाथि पर्ने असरलाई लिएर चिन्ता व्यक्त गरेको थियो। रुस कर्जा भुक्तानी गर्न असफल भएपनि यसले अन्तराष्ट्रिय वित्तीय अवस्थामा कुनै समस्या नपार्ने आईएमएफको बुझाई रहेको थियो। 

रुसको सरकार र गजप्रोम, ल्युकआइल, स्बेरबैंक जस्तो सरकारी कम्पनीमाथि विदेशी लगानीकर्ताहरुको १५० अर्ब डलरको कर्जा रहेकाले पनि कर्जा भुक्तानीमा रुस असफल हुन सक्ने आंकलन गरिएको थियो।  यसअघि रुस सन् १९९८ मा पहिलोपटक  कर्जा भुक्तानी गर्न रुस असफल भएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved