किन स्टार्टअप व्यवसायमा आकर्षित हुदैछन् भारतका चर्चित कलाकार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 10:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कलाकारहरु व्यवसायमा आउनु कुनै नौलो बिषय होइन। दशकौंदेखि फिल्मी क्षेत्रमा रहेका चर्चित कलाकारहरु बिभिन्न व्यवसायमा लागिरहेका छन्। तर पछिल्लो समय कलाकारहरु स्टार्टअप तर्फ बढी आकर्षित भएको पाइएको छ। 

धेरैजसो कलाकारहरु स्टार्टअपमा लगानी गरिरहेका छन्। यसबाट उनीहरुलाई फाइदा पनि भईरहेको छ। साधारणतया, फिल्मी कलाकारहरु एकदेखि पाँच करोड वा अधिकतम १० करोडसम्म लगानी गर्ने गर्दछन। कम्पनीमा लगानी गर्नु अब भारतका कलाकारहरुको लागि नौलो बिषय रहेन तर यस बिषयबारे चर्चा भने कम हुने गरेको छ। 

तर 'आत्मनिभर भारत' अन्तर्गत स्टार्टअप लाई धेरै प्रोत्साहन दिईएकाले फिल्मी कलाकारहरुमा स्टार्टअप प्रति आकर्षण मात्र बढेको छैन। बरु उनीहरु हिजोआज स्टार्टअप व्यवसायबारे सार्वजनिक रुपमा नै चर्चा गर्न थालेका छन्।   

कलाकारहरुमा स्टार्टअपमा लगानीको झुकाव यस व्यवसायबाट हुने आर्थिक लाभ मात्र नभई इमेज ब्रान्डीङसँग पनि जोडिएको छ। कयौं कलाकारहरु त्यस्तो बस्तु तथा सेवाप्रति रुची देखाइरहेका छन्, जसले उनीहरुलाई उनीहरुको 'फ्यान' प्रति अझ बढी चर्चित बनाउन मद्दत गर्दछ। 

मनोरञ्जनको व्यवसायमा गरिने लगानीलाई उनीहरु सुरक्षित लगानी मान्दैनन्। उनीहरुलाई अलग अलग तरिकाको स्टार्टअपमा लगानी गर्दा लगानी सुनिश्चितता र फाइदा देख्ने गर्दछन। 

प्रत्येक बर्ष चार पाँच फिल्ममा काम गरेर कमाईमा राम्रो देखिएका अक्षय कुमार दर्जन भन्दा बढी कम्पनीको प्रचार गर्दछन तर स्टार्टअप लगानीको लागी उनले फिटनेश कम्पनीको छनौट गरेका छन्। 

अक्षय कुमारले सन् २०१४ मा बनेको मुम्बईको हेल्थ टेक स्टार्टअपमा लगानी गरेका छन्। यो कम्पनी फिटनेश डिभाइस बनाउने गर्दछ। जुन मानिसहरुको ब्लड प्रेशर र रियल टाइम हार्टरेटलाई नियमन गर्दछन। 

टिकटकमा निशेध पश्चात भारतमा एक देसी एपलाई धेरै प्रशंसा मिलेको थियो। यहि कारण सलमान खानले यो कम्पनीमा ठुलो लगानी गरे। 

के कसरि बदलियो ?

आफ्नो पैसा रियल स्टेट अर्थात घरजग्गामा लगानी गर्नु भारतका कलाकारमा संधै पहिलो रोजाई बन्दै आएको छ। पुरानादेखि नयाँ कलाकर पांश विल्डिङ्गो, वीला, फारम हाउस र जमिनमा लगानी गर्दछन। आजका फिल्म कलाकारहरु मध्येको ठुलो हिस्सा अझैं पनि यहि विचारधारा अर्थात जमिनमा लगानीलाई बढी सुरक्षित सोच्ने गर्दछन। 

उनीहरु अस्सी र नब्बेको दशकमा फिल्मी कलाकारहरु झैं व्यवसायमा लगानी गर्न चाहदैनन थिए। उनीहरु मात्र आफ्नो एउटा उत्पादन हाउस खोलेर मात्रै फिल्महरु र वेबसिरिजमा लगानी गर्न चाहदैनथे। तर अहिले उनीहरुको लगानि चौतर्फी फैलिसकेको छ।

कयौं किसिमका खेलहरुको प्रिमियर लिगको टिम किन्नेदेखि लिएर रेस्टुरेन्टसम्म कलाकारहरुले ठुलो पैसा लगानी गरिरहेका छन्। यहि कारणले पनि बलिउडका कलाकारहरुमा स्टार्टअपमा लगानीको चलन बढिरहेको छ। 

मिथुन चक्रवर्ती

एउटा समय थियो जब डिस्को किंग भनेर चिनिने मिथुन चक्रवतीले उटिमा होटल व्यवसायमा लगानी गरेका थिए। जुन उनको आजको कमाईको एउटा महत्त्वपूर्ण स्रोत बनेको छ। 

अहिले डान्सिंग स्टार हृतिक रोशनले फिटनेश स्टार्टअपमा रुची देखाएका छन् भने सलमान खानले बीइग ह्युमन ब्राण्डलाई लिएर अगाडी बढिरहेका छन्।

अमिताभ बच्चनले सन् १९९५ मा एबिसीएल नामको कम्पनी बनाएका थिए तर मिस वर्ल्डको आयोजनाको बेला उनलाई यस्तो घाटा भयो जसले गर्दा उनले यो कम्पनीबाट हात धुन बाध्य भए। 

तर पछिल्लो समय भारतमा स्टार्टअप व्यवसायमा ब्यापक सुधार भएको पाइएको छ। जसले गर्दा व्यवसायी मात्र नभई खेलाडी तथा फिल्म कलाकारहरु पनि स्टार्टअप व्यवसायमा लगानीको लागि हौसिएका छन्।

अक्षय कुमार मात्र नभई दिपिका पादुकोण, अनुष्का शर्मा, पंकज त्रिपाठी, प्रियंका चोपडा, अमिर खान लगायत कयौं फिल्म कलाकारहरुले स्टार्टअपमा लगानी बढाएका छन्। 

दिपिका पादुकोणले खुद्रा उपभोक्ता सामान बिक्रि गर्ने स्टार्टअपमा पैसा लगानी गरेकी छन्। यसको साथै उनले फर्निचर ब्राण्ड, ब्युटी प्रोडक्ट्स, इनर्जी सेभिङ जस्तो प्रोजेक्टमा लगानी गरेकी छन्। 

दीपिका पादुकोण

त्यस्तै अनुष्का शर्माले मिट स्टार्टअपमा लगानी गरेकी छन्। यस स्टार्टअपमा उनका पति तथा भारतीय टिमका पुर्व कप्तान विराट कोहलीले पनि लगानी गरेका छन्। त्यस्तै उनले बेंगलगुरु वेस्ट टेक्नोलोजी कम्पनीमा पनि लगानी गरेकी छन्।    

पंकज त्रिपाठीले कृषि क्षेत्रसंग सम्बन्धित एग्रिटेक कम्पनीमा लगानी गरेका छन्। यस कम्पनीमा ३० लाख किसानहरुको एउटा नेटवर्क रहेको छ। 

अमिर खानले अनलाइन फर्निचर रिटेल प्लेटफर्ममा लगानी गरेका छन्। यति मात्र नभई उनले एक पेमेन्ट गेटवे स्टार्टअप कम्पनीमा पनि लगानी गरेका छन् र उक्त कम्पनीको उनि ब्राण्ड एम्बेसेडर पनि हुन्। 

आलिया भट्टले २०१७ मा एक एस्तो कम्पनीमा लगानी गरेकी थिईन। जुन भारतको पहिलो अनलाइन स्टाइलिंग प्लेटफर्म मानिन्छ। केहि समय पहिले उनले आइआईटि कान्पुससंग जोडिएको एक स्टार्टअप कम्पनीमा लगानी गरेकी छन्। यो कम्पनी साइकलमा फूलहरुको सजावट गर्ने गर्दछ।

त्यस्तै अन्य कलाकार करिश्मा कपुरले बेबी प्रोडक्टमा मलाईका अरोडाले जुस उत्पादनमा, सुनिल शेट्टीले फिटनेश कम्पनीमा लगानी गरेका छन्। त्यस्तै ऐश्वर्य राय बच्चनले पनि बेंगलुरुको आइटी कम्पनीमा लगानी गरेका छन्। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved