रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेल तेल निकाल्ने अमेरिकी राष्ट्रपतिको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 12:14:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति जो वाइडेनले रणनीतिक तेल भण्डारणबाट दैनिक १० लाख ब्यारेल पेट्रोलियम पदार्थ निकालेर बिक्री गर्ने घोषणा गरेका छन् । 

रुसबाट पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरेपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । उनले मूल्य नियन्त्रण गर्न र रुसबाट आयात नहुँदाको अभाव पुर्ति गर्न रणनीतिक पेट्रोलियम भण्डारणबाट ६ महिनासम्म दैनिक १० लाख ब्यारेल पेट्रोलिम निकाल्ने घोषणा गरेका हुन् । 

वासिङ्टन पोष्टका अनुसार अमेरिकाले ४६ वर्षपछि भण्डारणबाट यतिधेरै परिमाणमा पेट्रोलियम पदार्थ बाहिर निकाल्न लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved