श्रीलंकामा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 11:28:50 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ । मुलुक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा त्यहाँ सामाजिक सञ्जाल चलाउन बन्देज गरिएको हो । 

कोलोम्बो ग्याजेटका अनुसार प्रदर्शन रोक्न फेसबुक, ट्वप्टर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाईएको छ ।

श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो । संकटकालसँगै शनिबार साँझ देशैभर ३६ घन्टे कर्फ्यू लगाइएको थियो ।

प्रदर्शनमा सहभागीता कम गराउँदै लैजान सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईएको बताईएपनि कहिलेसम्म प्रतिबन्ध कायम रहन्छ भन्ने खुलेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved