पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज, संसद भँगको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 01:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान अघि नै राष्ट्रिय सभाका उप–सभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका छन् ।

उप–सभामुखले यो अविश्वासको प्रस्ताव असंवैधानिक भएको जिकिर गर्दै खारेज गरेका छन् । यसका साथै राष्ट्रिय सभाको बैठक  २५ अप्रिलसम्म स्थगित गरिएको छ ।

राष्ट्रिय सभामा इमरान खान बिरुद्द ल्याइएको अविश्वास प्रस्ताव खारिएको गरिएको छ।

यस पश्चात इमरान खानले देशलाई सम्बोधन गरेका छन् र उनले राष्ट्रपति समक्ष संसद भंग गरेर फेरी चुनाव गराउन सिफारिस गरेका छन्।  

राष्ट्रिय सभामा विपक्षले ल्याएको अविश्वास प्रस्ताव खारेज भएपश्चात पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन्। उनले संसद भंग गर्ने प्रस्ताव राष्ट्रपतिलाई पठाई सकेका छन्। 

उनले भनेका छन्, देशका जनता चुनावको तयारी गरुन, कसको सरकार बन्ने भन्ने कुराको निर्धारण जनताले गर्ने हो। 

राष्ट्रिय सभाका सभामुखलाई प्रधानमन्त्री इमरान खानले बधाई तथा शुभकामना पनि दिएका छन्। 

यस अगाडी पाकिस्तानको राष्ट्रिय सभामा विपक्षको अविश्वास प्रस्तावलाई उप सभामुखले संबिधानको उल्लङ्घन भन्दै खारेज गरिदिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved