आफ्नो सहायक कम्पनीमा गाभियो एचडीएफसी, बन्यो भारत कै दोस्रो ठूलो कमर्शियल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 05:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सबै भन्दा ठुलो बैंक मध्येको एउटा बैंक अब झनै ठुलो बन्ने भएको छ। यस बैंकको सुरुवात गर्ने माउ कम्पनी नै बैकमा गाभिएर अझ ठुलो बैंक बन्ने भएको हो। 

घर कर्जा दिने भारतको सबै भन्दा ठुलो कम्पनी एचडीएफसी अब आफ्नो एक सहयोगी कम्पनी अर्थात एचडीएफसी बैंकमा गाभिने भएको हो।  दुवै संस्थाको संचालक समितिले यस मर्जर तथा प्राप्तिलाई स्वीकृति दिएको छ। प्राप्ति सम्झौताअनुसार अब एचडीएफसीका प्रत्येक सेयर होल्डरले आफुसंग भएको २५ कित्ता सेयर बराबर एचडीएफसी बैंकको ४२ कित्ता सेयर पाउनेछन। यो भारतीय कर्पोरेट इतिहासमा सबै भन्दा ठुलो सम्झौता मध्ये एक हो। 

यस प्राप्ति पश्चात एचडीएफसी बैंक टिसीएस बैंकलाई समेत पछाडी धकेलेर भारतकै दोस्रो ठुलो बैंक भन्ने त्यहाँका विश्लेषकको अनुमान छ। दुवै संस्थाको तर्फबाट प्राप्तिको घोषणा बिहान सेयर बजार खुल्न अगाडी नै भएको थियो। र सेयर बजारले पनि दुवै संस्थाको प्राप्ति सम्झौतालाई खुलेर स्वागत गरेको छ। 

सायद यो पहिलो अवसर थियो जहाँ मर्जर तथा प्राप्तिमा जाने दुवै संस्थाको सेयरमा एकसाथ चौध प्रतिशतसम्मको उछाल आयो।

एचडीएफसीको शुरुवात 

प्राप्तिको घोषणालाई लिएर सेयर बजारमा यस कम्पनीको मुल्यमा उछाल देखिएको छ सेन्सेक्स र निफ्टी दुवैमा उछाल आएर आजको कारोबार बन्द भयो।  उछालको कारण पनि स्पष्ट छ। एचडीएफसी अर्थात हाउसिंग डेवलपेमेन्ट फाइनान्स कर्पोरेशन नै एचडीएफसी बैंकको प्रमोटर कम्पनी हो र यसको सेयर हिस्सा पनि बैंकमा सबै भन्दा धेरै रहेको छ।

अब एचडीएफसीसंग एचडीएफसी बैंकको जति पनि सेयर छ उक्त सेयर सकिनेछ। समुहका अध्यक्ष दिपक पारेखले स्पष्ट रुपमा भनेका छन् कि अब यस कम्पनीमा कोहि पनि संस्थापक सेयर हुनेछैन। यो पूर्ण रुपमा पब्लिक कम्पनी बन्नेछ। 

अर्थात यसका सेयर होल्डर नै यसको मालिक बन्नेछन्। एचडीएफसीको स्थापना आईसीआईसीआईले गरेको थियो। भारतमा धेरै भन्दा धेरैलाई घर कर्जा दिएर घर कर्जाको एउटा ठुलो र व्यवस्थित आकार बनोस् भन्ने नै यस कम्पनीको स्थापनाको मूल उदेश्य थियो। 

आईसीआईसीआई पनि भारतमा औधोगिक क्षेत्रलाई महत्त्व दिने उदेश्यले फोर्ड फाउन्डेसनबाट मिलेको अनुदानबाट बनाईएको थियो। तर नब्बेको दशकमा जब रिजर्भ बैंक अफ इन्डियाले नयाँ बैंकहरुलाई लाइसेन्स दियो। र दुई कम्पनीले अलग अलग बैंक सुरु गर्न दियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved