श्रीलंकाका अर्थमन्त्रीले नियुक्ति पाएको १ दिनमै राजीनामा दिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 02:43:44 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाका नयाँ अर्थमन्त्री अली साबरीले नियुक्ति पाएको भोलिपल्टै राजीनामा दिएका छन् । 

देशमा आर्थिक संकट चुलिएको बेलामा राष्ट्रपति गोटाबाया राजपक्षेले आफ्ना भाइ बेसिललाई हटाएर साबरीलाई ल्याएका थिए । तर, उनले राजपक्षेलाई पत्र लेख्दै अस्थायी मन्त्री बन्न नचाहेको उल्लेख गरेका छन् । 

सोमवार साबरी सहित चारजनालाई राजपक्षेले नयाँ मन्त्रीका रूपमा नियुक्त गरेका थिए । 

श्रीलंकाले अहिले इतिहासकै सबभन्दा खराब आर्थिक संकट बेहोरिरहेको छ । इन्धन, खाना पकाउने ग्यास र अत्यावश्यक वस्तुको अभाव छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved