पाकिस्तानका खानलाई सबक सिकाउन अमेरिकाले 'फोहोरो राजनीति' गरेको रुसको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 10:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

 पाकिस्तानलाई लिएर रुसले अमेरिकामाथि गम्भीर आरोप लगाएको छ। 'जिद्दी' इमरान खानलाई पाठ सिकाउनका लागि अमेरिकाले पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको रुसले आरोप लगेअको छ। 

रुसी विदेश मन्त्रालयले जारी गरेको बयानमा पाकिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममाथि धेरै बिषयलाई लिएर टिप्पणी उल्लेख छ। पाकिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाको भुमिकाबारे अन्तराष्ट्रिय रुपमा नै हलचल आउने गरि रुसले बोलेको हो।     

रुसको विदेश मन्त्रालयकि प्रवक्ता मारिया जखारोवाले भनेकी छन्, 'पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्वीले प्रधानमन्त्री खानको सल्लाहअनुसार तीन अप्रिलमा राष्ट्रिय सभा भंग गरिदिए र यस अगाडी जे पनि भयो, यो कुरामा रुस जानकार छ।' 

बयानमा अगाडी भनिएको छ, 'यस बर्ष प्रधानमन्त्री इमरान खानको २३ र २४ फेब्रुअरीमा मस्कोको भ्रमणबारे घोषणा भयो, त्यसपश्चात अमेरिका र उसका सहयोगी पश्चिमी देशहरु प्रधानमन्त्री खानमाथि अभद्र तरिकाले यस कुरालाई लिएर अनावश्यक दबाब सिर्जना गर्न थाले, उनीहरुको चाहना इमरान खानको मस्को भ्रमण रद्द होस् भन्ने थियो।' 

'यसको बावजुद पनि जब इमरान खान मस्को पुगे, अमेरिका विदेश बिभागका दक्षिणी एशिया मामिलाका डेपुटी सेक्रेटरी डोनाल्ड लु ले वाशिंगटनमा पाकिस्तानका राजदुतलाई डाके र इमरान खानको मस्को भ्रमणलाई तुरुन्त रद्द गर्न माग गरे, जुन माग पाकिस्तानले खारेज गरिदियो।'

रुसका विदेश मन्त्रालयको बयान 

पाकिस्तानी समाचार माध्यमकाअनुसार यस बर्ष सात मार्चमा पाकिस्तानी राजदुत असद मजिदसंगको कुराकानीमा उच्च अमेरिकी अधिकारिले युक्रेनको घटनाक्रममा पाकिस्तानको सन्तुलित प्रतिकृयाको कडा आलोचना गरे।

रुसको विदेश मन्त्रालयले यस बयानमा यो पनि दाबि गरेको छ कि उक्त भेटघाटमा अमेरिकी अधिकारिले पाकिस्तानी राजदुत सामुन्ने यो स्पष्ट गरिदिएका थिए कि अमेरिकाको साथ साझेदारी त्यो बेला मात्र सम्भव छ जब इमरान खानलाई सत्ताबाट हटाइनेछ।

रुसको विदेश मन्त्रालयको बयानमा जुन अमेरिकी अधिकारी डोनाल्ड लू बारे भनिएको छ, यो नाम पाकिस्तानको राजनीतिमा पटक पटक लिईने गरिएको छ। 

पाकिस्तानका मिडियाहरुमा प्रकाशित समाचारअनुसार इमरान खान जुन प्रमाणको बारे बोलेका थिए, त्यो एक चिट्ठी डिप्लोमेटिक मात्रै थियो। 

पाकिस्तानको पत्रिका डानको रिपोर्ट अनुसार यो केवल सात मार्चमा पठाईएको थियो र यसको एक दिन पछि विपक्ष दलले राष्ट्रिय सभामा इमरान खानको सरकार बिरुद्द अविश्वास प्रस्ताव राखेको थियो। 

पाकिस्तान र रुसको सम्बन्ध 

इमरान खानले २४ फेव्रुअरीमा आफ्नो मस्को भ्रमणमा रुसका राष्ट्रपति भलादिमिर पुटिनसंग भेट गरेका थिए। यो भेट त्यो बेला थियो जुन दिन राष्ट्रपति पुटिनले युक्रेन बिरुद्द 'स्पेशल मिलिट्री' को अनुमती दिएका थिए। 

पछिल्लो २३ बर्षमा रुसको यात्रा गर्ने प्रधानमन्त्रीमा इमरान खान पाकिस्तानका पहिला प्रधानमन्त्री हुन्। इमरान खान अगाडी नवाज शरिफले सन १९९९ मा रुस भ्रमण गरेका थिए। 

मार्चमा जब संयुक्त राष्ट्र महासभामा युक्रेन बिरुद्द रुसको आक्रमण रोक्ने बिषयसंग जोडिएको प्रस्ताव पेश भएको थियो तर उक्त भोटिङमा पाकिस्तान अनुपस्थिति थियो। 

युक्रेनको मामिलामा पाकिस्तानको आधिकारिक बुझाई यहि रहँदै एको छ कि दुई देशले एक आपसमा कुराकानी र कुटनीतिको मार्फत जारी  विवाद संधैको लागि हटाउनु पर्दछ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved