इमरान खान अब पाकिस्तानका प्रधानमन्त्री रहेनन्, अमेरिकाले हस्तक्षेप गरेको खानको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2022 | 05:09:26 AM मा प्रकाशित

laxmi  sunrise bank

इमरान खान पाकिस्तानको प्रधानमन्त्री पदबाट अपदस्थ भएका छन। खान अविश्वासको प्रस्तावपछि देशको नेताबाट अपदस्थ भएका हुन्।

पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खान बिरुद्द अविश्वास प्रस्ताव सफल भएको छ। १७४ सदस्यहरुले प्रस्तावको पक्षमा मतदान गरेका छन्।

राष्ट्रिय सभामा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल एनका अध्यक्ष शाहबाज शरिफले पाकिस्तान सबिधान र कानुनलाई फेरी स्थापित गर्न चाहेको बताए। 

१० अप्रिलमा सदनले १९७३ को संबिधान पारित गरेको बिषय उनले सदनलाई स्मरण गराउदै उनले पुरानो पाकिस्तानमा तपाईहरुलाइ स्वागत भनेका छन्। 

इमरान खान पाकिस्तानका प्रधानमन्त्री नरहेको बारे मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गरेको छ। सूचना अनुसार राष्ट्रपतिले संविधानको धारा ५८ (१) बमोजिम संसद विघटन गरेपछि इमरान खान अब देशका प्रधानमन्त्री नरहेको जानकारी दिएका छन्।

मन्त्रिपरिषद् महाशाखाको सूचना अनुसार इमरान खान प्रधानमन्त्री नहुने सूचना तत्कालै लागू भएको छ । इमरान खानका राजनीतिक सञ्चार सल्लाहकार शाहबाज गिलले एक ट्वीटमा क्याबिनेट डिभिजनको सूचना साझा गर्दै भनेका छन्, ‘यही नियम र कानुन छन्।’

अब यो पत्रपछि इमरान खानले संविधानको अनुच्छेद २२४ए–(४) अन्तर्गत कार्यवाहक प्रधानमन्त्री नआएसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नेछन् ।

 इमरान खानलाई आर्थिक कुप्रबन्धन र देशको विदेश नीतिको गलत व्यवस्थापनको आरोपमा अविश्वासको मतले देशको नेताको रूपमा पदच्युत गरिएको हो। खानले आफु यसरी पदच्युत हुनुको कारणमा अमेरिकाको हस्तक्षेप भएको आरोप लगाएका छन्।

आफु अमेरिकाको बिरोधि नभएपनि आफ्नो देश पाकिस्तानलाई 'टिस्यु पेपर' को जसरी प्रयोग हुन नदिने प्रतिबद्दता जनाउंदै खानले आफु बिरुद्द अमेरिकाले षडयन्त्र गरेको आरोप लगाएका छन्। यद्दपी अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै खानको प्रतिकृया सत्य नभएको दाबी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved